राजनीति र राज्यको सबैभन्दा जरुरी विषय रोजगारी र सुशासन : एकीकृत समाजवादी « Khabarhub

राजनीति र राज्यको सबैभन्दा जरुरी विषय रोजगारी र सुशासन : एकीकृत समाजवादी


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी नेकपा एकीकृत समाजवादीले राजनीति र राज्यको सबैभन्दा जरुरी विषय रोजगारी र सुशासन भएको बताएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार बुझाइएको ज्ञापन पत्रमा उसले रोजगारी र सुशासनलाई राजनीति र राज्यको सबैभन्दा जरुरी विषयका रुपमा उल्लेख गरेको हो । 

राजनीति र राज्यका लागि रोजगारी र सुशासनको मुद्दा प्राथमिकतामा नपरेका कारण मुलुकको भविष्य छ भन्ने विश्वास हराउँदै गएको एकीकृत समाजवादीको ठहर छ ।

एकीकृत समाजवादीले राजनीतिक नालायकी, अस्थिरता र बढ्दै गएको अन्योल अन्त्य गर्न रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन गर्नुपर्ने प्रस्ताव गरेको छ । 

‘राजनीतिक नालायकी, अस्थिरता र अन्योल बढ्दै गएको छ । मुलुकले लामो समय यो अवस्था थेग्न सक्दैन,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यस अवस्थामा हाम्रो प्रस्ताव छ : मुलुकको राष्ट्रिय एजेण्डा बनाउन नेपाल सरकारको आयोजनामा यथाशीघ्र ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गरौँ ।’

सम्मेलनमा सबै राजनीतिक दलहरूले गणतन्त्रको अभ्यासमा रहेका कमी–कमजोरीको आत्मसमीक्षा गर्दै आगामी १० वर्षमा कृषि, उद्योगलगायत उत्पादनका क्षेत्रहरूको विकास, शिक्षा–स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास र भ्रष्टाचार, ढिलासुस्तीरहित पारदर्शी राजनीतिक, न्यायिक तथा प्रशासनिक व्यवस्थाका लागि आ–आफ्ना योजनाहरू पेश गर्ने उसको प्रस्ताव छ । 

‘त्यसले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्नेछ । त्यस क्रममा कैयन् विषयमा राष्ट्रिय सहमति बन्न सक्छ वा कम्तीमा पनि राष्ट्र निर्माणका लागि कुन राजनीतिक दलका के योजना छन् भन्ने विषयमा राष्ट्रिय बहस सुरू हुनेछ,’ ज्ञापन पत्रमा उल्लेख छ । 

पटक–पटक एउटै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन भन्ने स्वयंसिद्ध तथ्यलाई नेपाली राजनीतिक इतिहासले धेरै पटक पुष्टि गरिसकेको एकीकृत समाजवादीको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ०१ बजे

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित