रेशम छुटेलगत्तै नाउपा-जनमतको बैठक बस्दै « Khabarhub

रेशम छुटेलगत्तै नाउपा-जनमतको बैठक बस्दै


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको बैठक मध्यवानेश्वरस्थित एक क्याफेमा बस्ने भएको छ। रेशम चौधरी डिल्लीबजार कारागारबाट छुटेलगत्तै बैठक बस्न लागेका हो।  

कारागारबाट सिधै मध्यबानेश्वर आएर जनमत र नाउपाका नेताहरूबीच बैठक बस्न लागेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले खबरहरूलाई बताए । बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, संरक्षण रेशम चौधरी लगायत अन्य नेताहरू पनि उपस्थित हुनेछन्। 

रेशम लिन कारागार पुगेका जनमत अध्यक्ष राउतले रेशम पक्राउ पर्नु कर्मचारीको त्रुटि नभएर माथिबाट नै षड्यन्त्र भएको आरोपसमेत लगाएका छन्। उनले यसबारे अहिले बैठक बसेर  निर्णय गर्ने समेत सञ्चारकर्मीसँग भनेका छन् ।

‘बिचरा कर्मचारीको यसमा कुनै दोष छैन। माथिबाट नै षड्यन्त्र भएको हो ।’ सञ्चारकर्मीसँग राउतले भने, ‘अहिले हामी कुन ढङ्गले अगाडि बढ्ने भन्ने विषयमा बैठक बसेर निर्णयमा पुग्छौं।’

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ०२ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ