प्रवीण खतिवडालाई लिएर फिल्म ‘शिवांश’ निर्माण घोषणा « Khabarhub

प्रवीण खतिवडालाई लिएर फिल्म ‘शिवांश’ निर्माण घोषणा


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रवीण खतिवडलाई केन्द्रीय भूमिकामा राखेर फिल्म ‘शिवांश : च्याप्टर १’ बन्ने भएका छ । निर्माण पक्षले बुधबार फिल्मको फ्रस्र्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म बनाउने घोषणा गरेको हो ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गर्ने बताइएको छ । यो उनको डेब्यू फिल्म हो ।

यस फिल्ममा प्रवीणसहित तेज गिरी र रुषा न्यौपाने शीर्ष भूमिकामा रहने निर्माण पक्षले बताएको छ । त्यस्तै फिल्ममा विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, उदय कुमार सुब्बा, टिका निरौला लगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।

यो फिल्मको निर्माता अञ्जना केसी हुन् । केसीले नै यस फिल्मको कथा लेखेकी हुन् भने पटकथा बारत लिम्बुले लेखेका हुन् ।

सार्वजनिक पोस्टरमा दुई तस्बिर देख्न सकिन्छ । पोस्टरको केन्द्र भागमा फिल्मका केन्द्रीय कलाकार प्रवीण फिचर्ड छन् । उनी एक गाउँको पृष्ठभूमिमा साङ्गोले बाँधिएका छन् ।

अर्का तस्बिरमा भने एक व्यक्तिको पछाडिको भाग मात्रै देख्न सकिन्छ । उनी झोला बोकर उभिएका छन् । निर्माण पक्षले फिल्मको कथाबारे थप केही जानकारी दिएको छैन ।

यो फिल्मको प्रदर्शन मिति असोज २४ लाई तोकिएको छ । छायाङ्कन मिति भने निर्माण पक्षले अहिलेसम्म खुलाएको छैन ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : १२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्