आठ वर्षपछि फिल्म साइन् गरे रमेशले, फूलपातीमा प्रदर्शनमा आउने | Khabarhub Khabarhub

आठ वर्षपछि फिल्म साइन् गरे रमेशले, फूलपातीमा प्रदर्शनमा आउने


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाह केन्द्रीय भूमिकामा रहेने भनिएको फिल्म ‘महाराजधिराज’मा नायक रमेश उप्रेतीको प्रवेश भएको छ । उनी फिल्मको शीर्ष मध्यको एक भूमिकाका लागि अनुबन्ध भएको निर्माण पक्षले बताएको छ ।

परिच्छेद सेनको निर्देशन रहने यस फिल्मको निर्माण घोषणा गत माघमा भएको हो । नायक पल शाहको जन्म दिन परेर पोस्टर सार्वजनिक गरी यो फिल्मको निर्माण घोषणा गरिएको थियो ।

उक्त पोस्टरमा पल शाह दोहोरो भूमिकामा देखिएका थिए । पोस्टरमा उनको एक तस्बिर राजर्षि पहिरनमा थियो भने एक अर्कोमा नग्न थिए ।

गत माघमा सार्वजनिक गरिएको फिल्म ‘महाराजधिराज’को पोस्टर

यसको तीन महिनापछि पनि निर्माण पक्षले कलाकारको चयनको गरिरहेको छ । अहिले निर्माण पक्षले उप्रेती अनुबन्ध भएको जानकारी दिएको हो । अझै फिल्मका नायिका अनुबन्धको काम बाँकी रहेको बुझिएको छ ।

रमेश भने पछिल्लो समय फिल्ममा देखिएका छैनन् । उनको अभिनय रहेको पछिल्लो फिल्म ‘एश्वर्य’ वि.सं २०७४ सालमा प्रदर्शनमा आएको थियो । उनलाई दर्शकले आठ वर्षपछि फिल्ममा देख्न पाउने भएका छन् ।

निर्माण पक्षले गत माघमा नै फिल्मको प्रदर्शन मिति आगामी असोज १४ गते अर्थात् फूलपातीलाई तोकेको छ ।

यस फिल्मको लेखक निर्देशक सेन आफैँ हुन् । यसअघि उनले फिल्म ‘राजागञ्ज’ निर्देशन गरेका थिए । ‘मराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए । त्यस फिल्मले विभिन्न अवार्ड जितेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : ३० बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ