आठ वर्षपछि फिल्म साइन् गरे रमेशले, फूलपातीमा प्रदर्शनमा आउने « Khabarhub

आठ वर्षपछि फिल्म साइन् गरे रमेशले, फूलपातीमा प्रदर्शनमा आउने


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाह केन्द्रीय भूमिकामा रहेने भनिएको फिल्म ‘महाराजधिराज’मा नायक रमेश उप्रेतीको प्रवेश भएको छ । उनी फिल्मको शीर्ष मध्यको एक भूमिकाका लागि अनुबन्ध भएको निर्माण पक्षले बताएको छ ।

परिच्छेद सेनको निर्देशन रहने यस फिल्मको निर्माण घोषणा गत माघमा भएको हो । नायक पल शाहको जन्म दिन परेर पोस्टर सार्वजनिक गरी यो फिल्मको निर्माण घोषणा गरिएको थियो ।

उक्त पोस्टरमा पल शाह दोहोरो भूमिकामा देखिएका थिए । पोस्टरमा उनको एक तस्बिर राजर्षि पहिरनमा थियो भने एक अर्कोमा नग्न थिए ।

गत माघमा सार्वजनिक गरिएको फिल्म ‘महाराजधिराज’को पोस्टर

यसको तीन महिनापछि पनि निर्माण पक्षले कलाकारको चयनको गरिरहेको छ । अहिले निर्माण पक्षले उप्रेती अनुबन्ध भएको जानकारी दिएको हो । अझै फिल्मका नायिका अनुबन्धको काम बाँकी रहेको बुझिएको छ ।

रमेश भने पछिल्लो समय फिल्ममा देखिएका छैनन् । उनको अभिनय रहेको पछिल्लो फिल्म ‘एश्वर्य’ वि.सं २०७४ सालमा प्रदर्शनमा आएको थियो । उनलाई दर्शकले आठ वर्षपछि फिल्ममा देख्न पाउने भएका छन् ।

निर्माण पक्षले गत माघमा नै फिल्मको प्रदर्शन मिति आगामी असोज १४ गते अर्थात् फूलपातीलाई तोकेको छ ।

यस फिल्मको लेखक निर्देशक सेन आफैँ हुन् । यसअघि उनले फिल्म ‘राजागञ्ज’ निर्देशन गरेका थिए । ‘मराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए । त्यस फिल्मले विभिन्न अवार्ड जितेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : ३० बजे

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को