नवौँ पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक « Khabarhub

नवौँ पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोखरा– नवौं पोखरा स्पोर्टस अवार्डका लागि खेलाडी र प्रशिक्षकहरूको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आउँदो २६ गते आयोजना हुने स्पोर्टस अवार्डका लागि विभिन्न ४ विभिन्न विद्यामा १२ जनाको नाम सार्वजनिक गरिएको हो । 

जस अनुसार वर्ष उत्कृष्ट खेलाडी पुरुषमा विश्वास अधिकारी (भलिबल), प्रदीप खड्का (टेनिस) र सुमित श्रेष्ठ (फुटबल) रहेको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरले जानकारी दिए ।  

वर्ष उत्कृष्ट खेलाडी महिलामा अरुणा शाही (भलिबल), कृपा गुरूङ (फेन्सिङ) र सुष्मिता थापामगर (आइटिएफ तेक्वान्दो-मुआथाई) छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा बादल कार्की (एथलेटिक्स), जितबहादुर सार्की (भलिबल), रचना चौधरी (क्रिकेट) छिन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा नीरज थापा ९टेनिस०, रमेश केसी (भलिबल) र राजेन्द्र तामाङ (फुटबल) छन् । 

पोखरा स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट महिला र पुरुष खेलाडीले ट्रफीसहित इलेक्ट्रिकल स्कुटर हात पार्ने छन् भने उदीयमान खेलाडी प्रशिक्षकले ट्रफीसहित जनही नगद ३५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

मञ्चले सोही दिन लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई पनि सम्मान गर्ने अध्यक्ष मगरले जानकारी दिए । उनका अनुसार लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । खेल संस्था वा क्लब र पत्रकारलाई जनही नगद ३५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : २८ बजे

आगामी निर्वाचनमा म्याग्दीमा उज्यालो नेपाल पाटीकाे समर्थन पुनलाई

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनमा

मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक