शिक्षकका माग बोकेर मन्त्रिपरिषद् बैठकमा निस्किए मन्त्रीहरु « Khabarhub

शिक्षकका माग बोकेर मन्त्रिपरिषद् बैठकमा निस्किए मन्त्रीहरु


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्रीसँग शिक्षकहरूको वार्ता सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्दै छ। अहिले शिक्षकहरूका माग बोकेर शिक्षामन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद् बैठकमा सहभागी हुन् निस्किएका छन् ।

शिक्षा मन्त्रालयमा शिक्षक महासंघ सँगको छलफल सकारात्मक भएको एमाले सचेतक महेश बर्तौलाले बताएका थिए।

उनले भनेका छन्, ‘शिक्षा मन्त्रालयमा जारी शिक्षक महासंघ सँगको छलफल असाध्यै सकारात्मक ढङले अगाडि बढिरहेको छ । आज नै सहमति गरि सार्वजनिक गर्ने तयारी गरिरहेका छौं’ ।

बैठकमा नेपाल शिक्षक महासंघले अघि सारेका केही मागहरू सम्बोधन गर्ने तयारी गरिएको बताइएको छ । सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग अघि सारेर देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।  

विद्यालय, विद्यार्थी तथा शिक्षक-कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा उनीहरूले आन्दोलन गरेको २९ दिन पुगिसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : ४५ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले