गृहमन्त्रीले शिक्षकलाई भने : तपाईंहरुले जित्नुभयो « Khabarhub

गृहमन्त्रीले शिक्षकलाई भने : तपाईंहरुले जित्नुभयो


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले शिक्षकले आफ्नो लडाइँमा जित हात पारेको प्रतिक्रिया दिएका छन् । मन्त्रिपरिषद बैठकपछि शिक्षकहरुसँगको सहमति सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ‘शिक्षकले कक्षा कोठामा मात्रै सिकाउँछन् भन्ने भाष्यलाई चिर्दै आन्दोलन शान्त र साम्य भएर पनि गर्न सकिन्छ भन्ने सिकाउनुभयो । तपाईँहरूले आफ्नो लडाइँ जित्नुभयो ।’

उनले वैशाख १४ गते आन्दोलनका क्रममा भएको झडप बारे दुःख व्यक्त गरे । त्यस्तै उनले आजको मन्त्रीपरिषद्ले गरेको निर्णय बमोजिम आगामी असार १५ गते विद्यालय शिक्षा ऐन प्रतिनिधि सभाबाट पारित हुने जानकारी दिए ।

उनले भने ‘हामीले तोकेको समय सीमा भित्र असार १५ गते भित्र नै ऐन पारित हुन्छ ।’ त्यस्तै उनले कक्षा १२ को परीक्षा गर्ने तयारी गर्न शिक्षकहरूलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : ५१ बजे

सिंहदरबार सुरक्षा प्रबन्धबारे गृह मन्त्रालयमा बैठक

काठमाडौं–  सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार मन्त्रालयमा

सडक ऐन संशोधन गर्ने विधेयक गण्डकी प्रदेशसभामा

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१

इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु

पाटन– ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको

आयोगले सरकारलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन

काठमाडौं– निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन