कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ | Khabarhub Khabarhub

कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक साइक्लिङ’ यात्रा सम्भव भएको छ । धरान माउन्टेन बाइक नेटवर्कका चारजना साहसी राइडर—अविसेक मादेन, अनिष तामाङ, दीपसागर तामाङ र निमा शेर्पाले कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविरसम्म साइकल यात्रा गरेर नयाँ साहसिक पर्यटकको गन्तव्यको ढोका खुलाएका हुन् ।

सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनको थुङगिमबाट सुरू भएको यो यात्रामा नयाँ झोरेनी, तरूङदेन, चाइराम, राम्जेर हुँदै ओक्ताङसम्मको कठिन पैदलमार्ग समावेश थियो ।

यो मार्ग कुनै पनि साधारण साइकल यात्रा थिएन । समुद्र सतहदेखि चार हजार आठ सय मिटरको उचाइ, साँघुरो पदमार्ग, उकालो ओरालो, ढुङ्गा र चट्टानले भरिएको बाटो—साहस र धैर्यबिना यो सम्भव थिएन ।

धरानबाट आएका टोलीले यही वैशाख १५ देखि १७ गतेसम्म आयोजित ‘कञ्चनजङ्घा पर्यटन महोत्सव २०८२’ को अवसर पारेर साहासिक यात्रा तय गरेका थियो । गाउँपालिकाका उपाध्यक्ष चित्र मावोका अनुसार यसअघि कसैले पनि कञ्चनजङ्घा आधार शिविरसम्म साइकल कुदाएका छनैन् ।

सिरिजङ्गा गाउँपालिका–६ सुदापका विष्णु लिम्बू ती यात्राको प्रत्यक्ष साक्षी हुन् । जीवनमा पहिलो पटक आधार शिविर पुगेका लिम्बूले तीव्र हावाको वेगमा पनि नहल्लिने हिमालको दृढताभन्दा बढी चकित उनले देखेका थिए । त्यस हिमाली बाटोमा साइकल उफार्दै उक्लने दृश्य ।

“त्यो अमर र अटल हिमालको काखमा साइकल चलाउनु भनेको अचम्म मात्र होइन, प्रेरणा पनि हो,” उनले भने यस्तै, भोजपुरकी सरिता राईका लागि त झन् झस्काउने क्षण थियो । “मैले त साइकल सधैँ तराईमा मात्र देखेकी थिएँ । अब त हिमालमा पनि साइकल चल्ने रहेछ, भनेर अचम्ममा परेँ,” उनले सुनाए । फुङ्लिङ नगरपालिकाका तारा बराल पनि चकित भए । “जहाँ बाँदर हिँड्न डराउँछ, त्यहाँ साइकल चलाउनुले अचम्मित तुल्यायो ।”

कञ्चनजङ्घा आधार शिविर विश्वकै तेस्रो अग्लो र नेपालको दोस्रो अग्लो हिमालको आधार हो । त्यहाँ पुग्ने बाटो प्राविधिक रूपमा जटिल छ–समतल जमिनको कमी, उच्च उचाइमा अक्सिजनको न्यूनता, चिसो र जोखिमपूर्ण भूगोल । यस्ता क्षेत्रमा साइकल चलाउने कल्पना नै कठिन हुन्छ । यही कारणले यो यात्रा विशेष मात्र नभइ ऐतिहासिक पनि हो । साइकल चलाउने राइडरका अनुसार कतिपय स्थानमा साइकल बोक्नुपरेको थियो, तर अधिकांश बाटोमा साइकल चलाउन मिल्यो । र यो अनुभवले भविष्यमा थप साइक्लिङ अभियानको ढोका खोलेको छ । यात्राले कञ्चनजङ्घा क्षेत्रको पर्यटनमा नयाँ सम्भावना देखाएको छ ।

अहिलेसम्म पदयात्रा केन्द्रित पर्यटन चलिरहेको यो क्षेत्रमा अब साहसिक खेल, विशेषतः माउन्टेन बाइकिङ, लोकप्रिय हुन सक्छन् । आगामी वर्षमा प्रतिस्पर्धात्मक साइक्लिङ कार्यक्रम आयोजना गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष मावोले पनि उत्साहजनक प्रतिक्रिया दिएका छन्, “हामी विदेशी राइडरहरूलाई आकर्षित गर्न सक्ने सम्भावना देखिरहेका छौँ । प्रचारप्रसारमा जोड दिइनेछ ।” यदि भविष्यमा अन्तरराष्ट्रिय साइक्लिङ प्रतियोगिता आयोजना भयो भने, यसले स्थानीय आर्थिक गतिविधि, होटेल व्यवसाय, हस्तकला, यातायात सेवा लगायतका क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्नेछ ।

साहसिक कदम मात्र होइन, एउटा सन्देश पनि हो, सपना, साहस र मेहनतले कुनै पनि असम्भव कार्यलाई सम्भव बनाउन सकिन्छ । नेपालका हिमाली भेगमा साहसिक पर्यटनको व्यापक सम्भावना छ । पदयात्रा, अब पर्वतारोहण, रक क्लाइम्बिङ, ट्रेल रनिङ, र माउन्टेन बाइकिङ पनि पर्यटन विकासका प्रमुख पाटो बन्न सक्ने स्थानीयवासीको भनाइ रहेको छ ।

कञ्चनजङ्घाको हिमाललाई नजिकबाट नियाल्दै, हरेक पाइलामा चिसो हावासँग जुध्दै, उकालो बाटोमा साइकल धकेल्दै र कहिले उफार्दै अघि बढ्ने ती चार साइक्लिस्ट नेपाली साहसिक पर्यटनको गौरव पनि हो ।।।।विश्वको तेस्रो अग्लो कञ्चनजङघा हिमालको आधार शिविरमा साइक्लिङ सहरानीय कार्य हो ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १० : २७ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा