केदारनाथ धामको ढोका खुल्दै « Khabarhub

केदारनाथ धामको ढोका खुल्दै


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केदारनाथ धामको ढोका खुल्दैछ । बिहान ७ बजेदेखि भक्तजनका लागि मन्दिरको ढोका खुल्नेछ ।

भक्तजनको यात्राका क्रममा आवश्यक सबै सुरक्षाका उपायहरू अपनाइएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । केदारनाथ धामको ढोकाका रूपमा १३ क्विन्टल फूलले भगवान् केदारनाथ मन्दिरलाई सजाइएको छ ।

यसैबीच, सन् २०२५ को श्री केदारनाथ धाम यात्राका लागि उत्तराखण्डको सोनप्रयागबाट हेलिकप्टर सेवा सुरु भएको छ। दैनिक १५० को हाराहारीमा हेलिकप्टरमार्फत् केदारधाम यात्राका लागि अनलाइन बुकिङ हुने गरेको र एक महिनाका लागि अग्रिम बुकिङ खुला रहेको छ।

अक्षय तृतीयाको पावन अवसरमा वैदिक मन्त्रोच्चारण र पूजाआजासहित गंगोत्री र यमुनोत्री धामको ढोका भक्तजनका लागि बुधबार खुला गरिएको छ । यससँगै उत्तराखण्डको चारधाम यात्रा सन् २०२५ को औपचारिक सुरुवात भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १० : ५७ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको