आईपीएलको महत्त्वपूर्ण सफलता नजिक फिल साल्ट « Khabarhub

आईपीएलको महत्त्वपूर्ण सफलता नजिक फिल साल्ट


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गर्दा फिल साल्टका लागि विशेष उपलब्धि मूलक बनेको छ । उनी लगातार दुई पटक आईपीएल च्याम्पियन हुने दुर्लभ सफलताबाट एक पाइला मात्र टाढा छन् ।

बिहीबार सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई आठ विकेटले हराउँदै आरसिबी फाइनलमा प्रवेश गरेको हो । सुरुमा ब्याटिङ गरेको पञ्जाबले दिएको १०२ रनको लक्ष्य आरसिबीले १० ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि साल्टले शानदार अर्धशतक प्रहार गरे । २७ बलको सामना गरेका उनले ६ चौका र ३ छक्कासहित ५६ रन बनाए ।

साल्टले आईपीएलको प्ले अफमा सबै भन्दा थोरै बलमा अर्धशतक प्रहार गर्ने ब्याटरको रुपमा क्रिस गेलसँग बराबरी गरेका छन् । साल्टले अर्धशतक भने २५ बलमा नै पुरा गरेका हुन् । यस अघि गेलले पनि सन् २०१६ मा हैदरावादसँग भएको खेलमा २५ बलमा नै अर्धशतक पुरा गरेका थिए ।

गत सिजन कलकता नाइट राइडर्सबाट खेलेका उनले अन्तिम केही खेल गुमाएका थिए । सो समयमा अफगान विकेटकिपर ब्याटर रहमुल्लाह गुरावजले साल्टको अभाव महसुस हुन दिएका दिएका थिएनन् । यस सिजनमा गुरवाज र क्विन्टन डी कक दुवै प्रभावकारी भएनन् ।

सन् २०२३ मा पहिलो पटक आईपीएलमा आएका साल्टको टोली दिल्ली क्यापिटल असफल भएको थियो । अर्को संस्करणमा कलकताका जेसन राय घाइते भएपछि उनले अवसर पाएका थिए । लगातार दुई सिजन आईपीएललाई स्वर्णिम बनाउने क्रममा उनका लागि एक खेल मात्र बाँकी छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ६ : ५४ बजे

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना

नियमित कोटाको रासायनिक मल वितरण सुरु

जनकपुरधाम- कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको