आईपीएलको महत्त्वपूर्ण सफलता नजिक फिल साल्ट « Khabarhub

आईपीएलको महत्त्वपूर्ण सफलता नजिक फिल साल्ट


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गर्दा फिल साल्टका लागि विशेष उपलब्धि मूलक बनेको छ । उनी लगातार दुई पटक आईपीएल च्याम्पियन हुने दुर्लभ सफलताबाट एक पाइला मात्र टाढा छन् ।

बिहीबार सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई आठ विकेटले हराउँदै आरसिबी फाइनलमा प्रवेश गरेको हो । सुरुमा ब्याटिङ गरेको पञ्जाबले दिएको १०२ रनको लक्ष्य आरसिबीले १० ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि साल्टले शानदार अर्धशतक प्रहार गरे । २७ बलको सामना गरेका उनले ६ चौका र ३ छक्कासहित ५६ रन बनाए ।

साल्टले आईपीएलको प्ले अफमा सबै भन्दा थोरै बलमा अर्धशतक प्रहार गर्ने ब्याटरको रुपमा क्रिस गेलसँग बराबरी गरेका छन् । साल्टले अर्धशतक भने २५ बलमा नै पुरा गरेका हुन् । यस अघि गेलले पनि सन् २०१६ मा हैदरावादसँग भएको खेलमा २५ बलमा नै अर्धशतक पुरा गरेका थिए ।

गत सिजन कलकता नाइट राइडर्सबाट खेलेका उनले अन्तिम केही खेल गुमाएका थिए । सो समयमा अफगान विकेटकिपर ब्याटर रहमुल्लाह गुरावजले साल्टको अभाव महसुस हुन दिएका दिएका थिएनन् । यस सिजनमा गुरवाज र क्विन्टन डी कक दुवै प्रभावकारी भएनन् ।

सन् २०२३ मा पहिलो पटक आईपीएलमा आएका साल्टको टोली दिल्ली क्यापिटल असफल भएको थियो । अर्को संस्करणमा कलकताका जेसन राय घाइते भएपछि उनले अवसर पाएका थिए । लगातार दुई सिजन आईपीएललाई स्वर्णिम बनाउने क्रममा उनका लागि एक खेल मात्र बाँकी छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ६ : ५४ बजे

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको

सहरी सरसफाइ र स्वच्छता कायम गराउने प्रक्रियामा गल्ती गर्ने छुट छैन : सुनिता डंगोल

काठमाडौं – महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी सरसफाइ र

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको