कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना « Khabarhub

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साता कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी र लुम्बिनी प्रदेशको पहाड र तराईका एकदुई स्थान तथा बागमती र गण्डकीको पहाडका एकदुई ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ।

महाशाखाका अनुसार अरु प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका धेरै जसो ठाउँमा बादल लाग्दै घाम लाग्ने भएकाले तापक्रम ह्वात्तै बढ्ने सम्भावना कतै पनि नरहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।

हिजो मौसम सफा भएपछि देशभर गर्मी बढेको थियो। हिजो भैरहवामा सबैभन्दा धेरै ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो। यस्तै नेपालगन्जको ३७ दशमलव ९ डिग्री तथा धनगढीको ३७ डिग्री सेल्सियस पुगेको थियो।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ७ : ४५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को