पूर्व-पश्चिम राजमार्ग : दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगायो « Khabarhub

पूर्व-पश्चिम राजमार्ग : दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगायो


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास र दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएको छ। बाढीले विनयी त्रिवेणीको दुम्किवासस्थित विनयी खोलाको डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

नवलपरासीका जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको वर्षाले वैकल्पिक सडक बगाएको हो। बैठकल्पिक सडक निर्माणको काम सुरु भए पनि यातायात खुल्न समय लाग्ने उनको भनाइ छ।

पाँच दिनअघि मात्र बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा निर्माण भएको वैकल्पिक सडक बाढीले बगाएको हो। बाढीले तरकारी बोकेको पिकअप बगाएकाले मानवीय क्षति भने हुन पाएन। बाढीले सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ७ : ५९ बजे

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ