पूर्व-पश्चिम राजमार्ग : दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगायो « Khabarhub

पूर्व-पश्चिम राजमार्ग : दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगायो


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास र दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएको छ। बाढीले विनयी त्रिवेणीको दुम्किवासस्थित विनयी खोलाको डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

नवलपरासीका जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको वर्षाले वैकल्पिक सडक बगाएको हो। बैठकल्पिक सडक निर्माणको काम सुरु भए पनि यातायात खुल्न समय लाग्ने उनको भनाइ छ।

पाँच दिनअघि मात्र बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा निर्माण भएको वैकल्पिक सडक बाढीले बगाएको हो। बाढीले तरकारी बोकेको पिकअप बगाएकाले मानवीय क्षति भने हुन पाएन। बाढीले सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ७ : ५९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने