संसद्को अवरोध हटाउने प्रयास : सभामुखले बोलाए सचेतकको बैठक « Khabarhub

संसद्को अवरोध हटाउने प्रयास : सभामुखले बोलाए सचेतकको बैठक


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले अवरुद्ध प्रतिनिधि सभा बैठक बस्ने वातावरण बनाउन छलफल थालेका छन्। शुक्रबार छलफलका लागि संघीय संसद् प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकलाई छलफलमा बोलाएका हुन्।

सभामुखको निजी सचिवालयका अनुसार बिहान ११ बजे मुख्य सचेतक र सचेतकसँग छलफल गरेपछि सभामुख घिमिरेले १२ बजेका लागि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरेपछि सभामुख संसद खुलाउने प्रयासमा लागेका हुन्। बजेट भाषण गर्न सहमत भएका दलले त्यसपछि विरोध निरन्तर रहने बताएपछि सभामुखले पहल थालेका हुन्।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १० : १३ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा