चीनमा खेले रोबोटहरूले बक्सिङ, एआई टिमले जित्यो उपाधि « Khabarhub

चीनमा खेले रोबोटहरूले बक्सिङ, एआई टिमले जित्यो उपाधि


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविधि अब काम वा अनुसन्धानमा मात्र सीमित रहेन, मनोरञ्जनको संसारमा पनि नयाँ नयाँ प्रयोग भइरहेका छन् । 

यसपटक चीनले एउटा यस्तो काम गरेको छ, जसले विश्वको ध्यान तानेको छ । पहिलो पटक रोबोटहरूबीच बक्सिङ म्याच आयोजना गरिएको छ र त्यो पनि वास्तविक झगडा जस्तै लाग्ने गरी ।

युनिटी कम्पनीले चीनको हाङ्जाओ सहरमा रहेको आफ्नो नयाँ कारखाना क्याम्पसमा यो अनौठो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको नाम ‘युनिटी आइरन फिस्ट किंगः अवेकनिङ’ थियो, जसमा चार फरक फरक नामका रोबोट आमने सामने भएका थिए ।

यी रोबोटहरू पूर्णतया स्वचालित थिएनन्, बरु तिनीहरू रिमोट मार्फत मानिसद्वारा नियन्त्रित थिए। यस म्याटको समयमा वास्तविक मुक्का र किक जस्ता चालहरू हरेक फाइटमा देख्न सकिएको थियो । प्रतियोगितामा एआई स्ट्राटेजिष्ट, सिल्क आर्टिसन, आर्मर्ड मुलान र इनर्जी गार्डियन सहभागी चार रोबोटहरू मैदानमा उत्रेका थिए ।

प्रतियोगितालाई तीन राउण्डमा विभाजन गरिएको थियो र प्रत्येक राउन्ड दुई मिनेटको थियो। अंकको प्रणाली पनि राखिएको थियो, रोबोटले हातले आक्रमण गरे एक अंक र खुट्टाले आक्रमण गरे तीन अंक पाउने नियम बनाइएको थियो ।  यदि खसेमा ८ सेकेन्ड भित्र उठ्ने मौका दिइएको थियो, अन्यथा अंकहरू कटौती गरिने नियम बनाइएको थियो ।

पहिलो प्रतिस्पर्धा एआई स्ट्राटेजिष्ट र सिल्क आर्टिसनबीच थियो। एआई रणनीतिकारले सुरुदेखि नै तीखो आक्रमण गरेर सिल्क आर्टिसनलाई कुनै मौका दिएनन्। तेस्रो राउन्डमा पुग्दा एआई स्ट्राटेजिष्टले प्रतियोगिता जित्यो।

फाइनल खेलमा एआई स्ट्राटेजिष्ट र इनर्जी गार्डियन आमनेसामने भएका थिए। प्रतियोगिता नजिकै रहेको देखिए पनि एआई स्ट्राटेजिष्टले एकपछि अर्को गरी तीनवटै राउण्ड जितेर आफूलाई विजेता साबित गरेको थियो। जुन खेलको यतिखेर विश्व भरी चर्चा परिचर्चा भइरहेको छ । न्युजकारखानाबाट साभार 

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ११ : ४४ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका