मकाउमा मनाइयो साकेला उभौलीसँगै येलेदोङ « Khabarhub

मकाउमा मनाइयो साकेला उभौलीसँगै येलेदोङ


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

मकाउ– किरात राई यायोक्खाको आयोजनामा किरात राईहरूको सांस्कृतिक चाड साकेला उभौली तथा  किरात सम्वत (येलेदोङ ५०८५) भव्यताकासाथ मनाइएको छ ।

किरात राई यायोक्खा हङकङका सचिव शिवकुमार वान्तवाको प्रमुख आतिथ्यता रहेको  उक्त कार्यक्रमको  सभापतित्व आयोजक संस्थाका अध्यक्ष केशव थुलुङ राई र प्रवक्ता कृष्ण याम्फुले सञ्चालन गरेका थिए । 

विशिष्ट अतिथिको आसनमा नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष तथा किरात राई प्रज्ञा प्रतिष्ठान कुलपति शशि मदन राई, आदिवासी जनजाति महासङ्घ अध्यक्ष भीम राई र गैर आवासीय नेपाली संघ मकाउका अध्यक्ष भीमसेन रुस्थम श्रेष्ठ थिए । 

त्यसैगरी विशेष अतिथिहरूमा नेपाल चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापा मगर, किराया हङकङका संरक्षक हरिचन्द्र राई, माया (चन्द्रका) थुलुङ राई, सल्लाहकार बसन्त कुमारी राई, राम ली थुलुङ राई, थुलुङ राई (सामा) हङकङका अध्यक्ष दिनेश थुलुङ राई, पोखरा समाज मकाउकी अध्यक्ष शान्तिदेवी अधिकारी, किराया मकाउका संस्थापक सल्लाहकार केशव राई र किरात राई प्रज्ञा प्रतिष्ठानका सहसचिव बज्रकुमार थुलुङ राई रहेका थिए भने किरात याक्थुम चुम्लुङ मकाउका  अध्यक्ष चण्डी योङया, शेर्पा समाजका ङवाङ ग्याञ्जेन शेर्पा, मगर संघका अध्यक्ष भीम खाम्चा मगर, गुरुङ तमु समाजका अध्यक्ष लिल बहादुर गुरुङ, ने:वा गुठीका सल्लाहकार श्याम श्रेष्ठ, नेपाली समाजका अध्यक्ष युवराज न्यौपाने, गैर आवासीय नेपाली संघका अध्यक्ष पूर्ण बहादुर गुरुङ, किराया मकाउका सल्लाहकार धनकुमार थुलुङ राई, चन्द्र राई ‘रोज’ , भीम खर्लाइङ, अर्जुन थुलुङ राई, अनिल कुमार राई, संस्थापक सचिव नवीन राई, गैर आवासीय नेपाली संघकी उपाध्यक्ष बिन्दु सुनुवार, महासचिव अमृत गुरुङ र तामाङ घेदुङ सङ्घ, युवा तथा खेलकुद विभाग प्रमुख जङ लोप्चान अतिथिमा आमन्त्रित थिए । मकाउमा रहेका नेपाली संघ/संस्थाहरूले कार्यक्रम गर्दा सबै संघ/संस्थाहरूले आफ्नै कार्यक्रम सम्झेर सहभागी भई सहयोग गर्ने र भव्य रूपमा सफल बनाइदिने सामाजिक विशेषता छ । सोही अनुसार गरिएको औपचारिक कार्यक्रम पश्चात् सिलीमोपा अनिल राई र सिलीमोमा पार्वती राईले सयौंको सङ्ख्यामा साकेला सिली नाच्न आएकाहरूको बीचमा साकेला सिली नाँचको सुरुवात गरेका थिए ।

मकाउको रमणीय स्थल हाक्सा वीच पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा उत्कृष्ट किरात राई भेषभुषा, गरगहना र साकेला सिली नाँच प्रदर्शन गरेकाहरू छनौट गरी पुरस्कृत गरिएको थियो। जस अनुसार मकाउका डेनिस राई, समीक्षा राई, शर्मिला राई, प्रताप राई र  रक्षादल राईलाई पुरस्कृत गरियो भने हङकङबाट साकेला सिली नाच्न गएकाहरूमध्ये रेणुका थुलुङ राई, आकाश राई, कृतिका राई र उषा राई पुरस्कृत भए । 

सोही अवसरमा थुलुङ राई (सामा)हङकङका सल्लाहकार राम ली थुलुङ राई र अध्यक्ष दिनेश थुलुङ राईले एक एक थान झाम्टा उपहार स्वरूप किराया मकाउलाई प्रदान गरेका थिए भने रेणुका थुलुङ राईले टुकुनी र टुके उपहार प्रदान गरेकी थिइन् ।

सो कार्यक्रममा किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति शशिमदन राईले किरात राई यायोक्खा हङकङको मुखपत्र ‘यलम्बर’ र बेलायत निवासी साहित्यकार शुभचन्द्र राईको नयाँ साहित्यिक कृति ‘समयले जन्माएका कथाहरू’ उपहार दिएका थिए ।

स्मरण रहोस्  प्रकृति पूजक किरात राईहरूले वर्षमा दुई पटक प्रकृतिको पूजा/आराधना गरी साकेला सिली नाच्ने परम्परा रही आएको छ। जसअन्तर्गत वैशाखी पूर्णिमामा साकेला उभौली र धान्य पूर्णिमामा साकेला उँधौली मनाउने गर्दछन् ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १ : ३८ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।