मेडिकल लाइसेन्स परीक्षामा ७८ प्रतिशत उत्तीर्ण  « Khabarhub

मेडिकल लाइसेन्स परीक्षामा ७८ प्रतिशत उत्तीर्ण 


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिएको स्नातक तह (युजी)  लाइसेन्स परीक्षामा कुल ७७.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 

जेठ १२ देखि १५ गतेसम्म लिएको परीक्षामा २ हजार ९० जना परीक्षार्थी रहेकोमा २ हजार ७७ जनाले परीक्षामा सहभागी भएका थिए भने जसमध्ये १३ अनुपस्थित थिए ।

मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको यस परीक्षामा मेडिकल क्षेत्रतर्फ १ हजार ६११ जना दर्ता भएकामध्ये १ हजार ६०० जनाले परीक्षा दिएका थिए ।

तीमध्ये १ हजार २२६ जना उत्तीर्ण भएका छन्, जुन ७६.६२ प्रतिशत सफल भएका छन् । डेन्टल क्षेत्रतर्फ ४७९ परीक्षार्थी दर्ता भएकामध्ये ४७७ जनाले परीक्षा दिएका थिए । तीमध्ये ३९४ जना उत्तीर्ण भएका छन्, अर्थात् ८२.६० प्रतिशत सफल भएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १ : ४८ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले