देवीखोला–खहरे–बिरुवा सिँचाइ योजनाबाट तनहुँका एक सय घरपरिवार लाभान्वित « Khabarhub

देवीखोला–खहरे–बिरुवा सिँचाइ योजनाबाट तनहुँका एक सय घरपरिवार लाभान्वित


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने अवस्था रहेको जिल्लाको बन्दीपुर–४ स्थित खहरे–बिरुवा क्षेत्रमा अब बाह्रै महिना सिँचाइ सुविधा हुने भएको छ । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको सहयोगमा देवीखोला खहरे बिरुवा सिँचाइ योजना सम्पन्न भएपछि यहाँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् । 

सिँचाई सुविधा पुगेपछि मौसमी र बेमौसमी तरकारी उत्पादनका साथै अन्य बाली लगाउन सहज हुने देवीखोला–खहरे–बिरुवा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष हरिकाशी गुरुङले जानकारी दिए । 

‘गत वर्ष मुहानमा च्याम्बर निर्माण गरी २ नंं ट्याङ्कीसम्म एक हजार ८०० मिटर लामो ११० एमएमको पाइप जडान गरिएको छ,’ अध्यक्ष गुरुङले भने, ‘पहिलो वर्ष २ नं टयाङ्की निर्माण गरी तीन वटा गेटवाल राखेर २० वटा धारा जडान गरिएको थियो ।’

उनले भने, ‘यस चालु वर्षमा १ नं टयाङ्की निर्माण गरी चार वटा गेटवाल राखेर २८ वटा धारा जडान गरिएको छ भने यसै वर्ष दुई वटा धारा थप गरी ५० वटा धारा पुर्‍याइएको छ ।’ 

एक लाख ८० हजार लिटर क्षमताका दुई वटा रिजर्भ टयाङ्की निर्माण गरी पानी सङ्कलन गरेर धाराबाट सिँचाइको व्यवस्था मिलाइएको छ । उक्त योजनाबाट ३०० रोपनी क्षेत्रफल सिञ्चित हुने बताइएको छ । 

योजना सम्पन्न गर्नका लागि सिँचाइ डिभिजन कार्यालयबाट गत वर्ष ४५ लाख रुपैयाँ र यस वर्ष २५ लाख गरी ७० लाख रुपैयाँ बजेट विनियोजन भएको उपभोक्ता समितिकी सचिव सीता रानाले बताइन्  । 

आगामी वर्षका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरी सत्र वटा थप धारा निर्माण गर्ने योजना रहेको सो कार्यालयले जनाएको छ । समयमै सम्झौता गरी समयमै निर्माण कार्य सम्पन्न गरिएको कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिए । 

‘आकाशेपानीको भर पर्नु पर्दैन,’ प्रमुख आचार्यले भने, ‘नयाँ प्रविधिमा आधारित सिँचाइ योजनाले अब बाह्रै महिना सिँचाइमा सजिलो बनाइदिएको छ ।’ 

उनका अनुसार फलफूलजन्य र तरकारीजन्य उत्पादनमा प्रोत्साहन गर्दै नमूना कृषि फार्मका रूपमा विकास गर्न सिँचाइले बाटो खोलिदिएको छ । रासस

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  २ : १७ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली