‘बजेटबारेको प्रतिक्रियाले खुसी छु, ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ’ « Khabarhub

‘बजेटबारेको प्रतिक्रियाले खुसी छु, ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ’


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बिहीबार सार्वजनिक बजेटले देशमा आर्थिक गतिविधि बढ्ने बताएका छन् ।

पौडेलले शुक्रबार अर्थमन्त्रालयमा पत्रकार सम्मलेन गर्दै नयाँ बजेट कार्यान्वयन हुन सकेमा निजी क्षेत्रको लगानी बढ्ने पनि उल्लेख गरे ।

पौडेलले बजेटबाट रोजगारीका अवसर बढ्ने बताउँदै पूर्वाधार आयोजना निर्धारित समयमा पूरा गर्न सके देशको आर्थिक वृद्धिले गति लिने उल्लेख गरे ।

उनले यो बजेटबाट ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव हुने बताए । पौडेलले बजेटमा आएका टिप्पणीबाट खुसी लागेको बताए ।

उनले यो बजेट कार्यान्वयन गर्ने वचन पनि दिएका छन् । बजेट कार्यान्वयन कार्ययोजनामा मन्त्रालय लागिसकेको पनि बताए ।

‘बजेट कार्यान्वयनमा गएपछि सरकारले तय गरेको लक्ष्य पूरा हुन्छ’, उनले भने, ‘बजेटको अंकबार कसैको गुनासो सुनिनँन । अन्तरसरकारी वित्त हस्तान्तरण बढेको छ । आन्तरिक ऋण उठाउने सीमा ५.५ भए पनि ५.३ मा कायम राखेका छौँ।’

राजस्वबाट मात्रै विकास अघि बढाउन नसक्ने बताएका उनले स्रोतको विकल्प खोजिएको पनि जानकारी दिए । खर्च कटौती गरेर चालू खर्च सन्तुलित बनाउने खाँचो रहेको पनि उनले बताए ।

उनले आगामी दिनमा वन क्षेत्रको विवादका कारण आयोजना समयमै सुरू भएर नसकिने समस्या समाधान गरिने बताए । उनले डिजिटल भुक्तानीमा लाग्ने गरेको कर हटाइएको पनि उल्लेख गरे ।

पौडेलले कारोबार नगरेका कारदाताले कर तिर्ने ब्यवस्था पनि हटाइएको बताए । उनले बजेट कार्यान्वयन गर्न आयोजना बैंकको क्षमता बढाउने बताएका छन् ।

पौडेलले आगामी साउन मसान्तभित्र दरबन्दी पदपूर्ति गरिसक्ने, नीतिगत सुधारलाई तीव्र बनाउने पनि जानकारी दिए ।

उनले यो बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूले अग्रसरता लिएर बेलैमा काम अघि बढाउने पनि बताए । उनले बजेट कार्यान्वयनका लागि अन्तरमन्त्रालय समन्वय बलियो बनाउने पनि उल्लेख गरे ।

पौडेलले नयाँ बजेटमा सांसदका नाममा कुनै योजना नराखिएको जानकारी दिए । ‘सांसदका नाममा कुन योजना कहाँ छन् तपाईंहरूले खोजेर देखाइदिनू’, पौडेलले भने, ‘सरकारले ल्याएको बजेट एकदम ठिक छ, यसलाई कार्यान्वयनमा लैजाँदा लक्षित आर्थिक वृद्धि सम्भव छ।’

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  २ : ३६ बजे

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक