राष्ट्रिय चिकित्सक संघको चेतावनी- डाक्टरलाई पैसामा किनबेच हुने वस्तु बनाउनु अस्वीकार्य « Khabarhub

राष्ट्रिय चिकित्सक संघको चेतावनी- डाक्टरलाई पैसामा किनबेच हुने वस्तु बनाउनु अस्वीकार्य


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली डाक्टर लिने देशसँग रोयल्टी लिने भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अभिव्यक्तिप्रति राष्ट्रिय चिकित्सक संघ (एनडीएन) ले आपत्ति जनाएको छ ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो संवेदनशील समयमा स्वास्थ्यमन्त्रीको डाक्टर लिने देशसँग रोयल्टी लिने भन्ने अभिव्यक्तिले चिकित्सकहरूलाई स्तब्ध तुल्याएको बताउँदै यसले डाक्टरहरूलाई पैसामा किनबेच हुने वस्तु बनाएको महशुस गराएको बताएको छ । 

डाक्टरलाई बिदेशिन बाध्य बनाउने परिस्थितिको मूल जड मन्त्रालयकै अकर्मण्यता रहेको उल्लेख गर्दै संघको धारणा अनुसार हालका आर्थिक पेशागत असुरक्षा र अपमानजनक व्यवहारले धेरै योग्य चिकित्सकहरूलाई बिदेसिन प्रेरित भइरहेको अध्यक्ष डा. विकास गौचन र महाँसचिव डा. सम्राट पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

डाक्टरहरूलाई देशभित्रै सेवा गर्ने वातावरण बनाउनु शिक्षा, काम, सुरक्षा र सम्मानको माध्यमबाट स्वास्थ्य मन्त्रालयको प्रमुख कार्य भएको बताउँदै यस्ता अव्यवहारिक र आपत्तिजनक वक्तव्यबाजी भन्दा सम्मान, सुरक्षा, अवसर प्रोत्साहन दिएर देशमै टिकाउने नीति बनाउन ८ बुँदे सुझाव समेत मन्त्रालयलाई संघले दिएको छ । 

स्वास्थ्यमन्त्री पौडेलले यही जेठ १४ गते बुधवार नेपालमा पढेका चिकित्सक लिने देशसँग रोयल्टी लिने व्यवस्था गरिने बताएका थिए । राष्ट्रिय ट्रमा सेण्टरमा आयोजित एक कार्यक्रममा बोल्दै आफू विश्व स्वास्थ्य सम्मेलनमा स्विट्जरल्याण्ड पुगेपछि आफूलाई यस्तो महशुस भएको उनले उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  २ : ४८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको