अर्थमन्त्रीले भने- सांसदहरूका नाममा बजेट छुट्याएको भए देखाइदिनू « Khabarhub

अर्थमन्त्रीले भने- सांसदहरूका नाममा बजेट छुट्याएको भए देखाइदिनू


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सांसदहरूका नाममा कुनै योजना नराखिएको बताएका छन् ।

बिहीबार सार्वजनिक १९ खर्बभन्दा बढीको नयाँ बजेटबारे शुक्रबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

अघिल्ला आर्थिक वर्षमा संघीय सांसदहरूका नाममा बजेट छुट्याइँदा चर्को विरोध हुने गरेको थियो । प्रत्यक्ष र समानुपातिकसमेत सांसदहरूका नाममा छुट्याइएको बजेट कार्यकर्ता पोस्न खर्चिने गरेको भन्दै नागरिकतहबाट विरोध हुने गरेको थियो ।

संघीय सरकारले सांसदहरूलाई बजेट बाँड्ने गरेको सिको गर्दै प्रदेश सरकारले पनि त्यही अभ्यास गर्ने गरेका थिए । शुक्रबार पत्रकार सम्मेलनका क्रममा पौडेललाई सांसदहरूका नाममा बजेट छुट्टिएको नछुट्टिएकोबारे जिज्ञासा राखिएको थियो ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य दिने क्रममा पौडेलले सांसदहरूका नाममा बजेट छुट्याएकोबारे केही उच्चरण नगरेपछि उनलाई शुक्रबार पत्रकारहरूले जिज्ञासा राखेका थिए ।

‘सांसदका नाममा नयाँ बजेटमा कुन योजना कहाँ छन् तपाईंहरूले खोजेर देखाइदिनू’, पौडेलले पत्रकारहरूलाई भने, ‘बजेट एकदम ठिक छ, यसलाई कार्यान्वयनमा लैजाँदा लक्षित आर्थिक वृद्धि सम्भव छ ।’

यसअघि नयाँ बजेटमा सांसद् विकास कोषको पुनर्जन्म गरिएको चर्चा थियो । तर अर्थमन्त्री पौडेलले सांसदहरूका नाममा कुनै शीर्षकमा बजेट नछुट्याएको दाबी गरेका हुन् ।

यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रमको नाममा पैसा बाँड्ने गरिएको थियो । तर भरत जङ्गमले हालेको मुद्दामा तत्कालीन संविधानको धारा ८३ अनुसार यो कोषको रकम खर्च गर्ने सम्बन्धमा कानुनद्वारा खर्च व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्नू भनी सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको थियो

तर त्यसपछि कानुनी रूपमा सांसद विकास कोषलाई विभिन्न नाममा पैसा दिने गरिएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  २ : ५५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर