गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा | Khabarhub Khabarhub

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो ।

करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनीबीच कामलाई तीव्रता दिने सहमति भएको थियो ।

यससँगै मजदुर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका सञ्चालक विकास गौतमले जानकारी दिए । हाल बिहान ७ देखि राति १० बजेसम्म १४० भन्दा बढी मजदुरले काम गरिरहेका र यो सङ्ख्या २०० भन्दा बढी पुग्ने उनले बताए । 

‘असारसम्म ४० प्रतिशत काम गर्नेगरी जनशक्ति परिचालन गर्न थालिएको छ । हाल भौतिक प्रगति २० प्रतिशत हाराहारी रहेको छ । प्याराफिटहरूमा सेन्टिङका काम भइरहेकाले छिट्टै प्रगति देखिने छ । यसअघि  आवश्यक रड र सिमेन्ट समयमा पाउन नसक्दा समस्या भएको थियो’, सञ्चालक गौतमले भने । 

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण हेर्ने कर्मचारी लिएर रङ्गशाला पुगेकी महानगर प्रमुख दाहालले निर्माण कम्पनीलाई कुनै समस्या भए सहजीकरण गर्न महानगर तयार रहेको भन्दै ढिलासुस्ती नगर्न आग्रह गरेकी थिइन् ।

उनले चालु आर्थिक वर्षका लागि प्राप्त बजेट नै ‘फ्रिज’ हुनसक्नेतर्फ सचेत रहन आग्रह गरेकी थिइन् ।  सङ्घीय सरकारले २५ करोड रुपैयाँ र बागमती प्रदेश सरकारले १० करोड रुपैयाँ रङ्गशाला निर्माणका लागि बजेट निकासा गरिसकेको छ । बजेट सुनिश्चित र निकासाका लागि निकै मेहनत गर्नुपरेको भन्दै दाहालले लक्ष्यअनुसार काम गर्न आग्रह गरेकी थिइन् । 

महानगरले गौरवको आयोजनाका रूपमा प्राथमिकतामा राखेर रङ्गशाला निर्माण गरिरहेको छ । रङ्गशालाको प्यारापिट र भिआइपी टावर निर्माणको काम भइरहेको छ । रङ्गशालामा दुई वटा भिआइपी टावरको पहिलो तला ढलान गर्ने तयारी गरिएको छ । पश्चिमतर्फको प्यारापिटको सेन्टिङको काम भइरहेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माण गर्न नसकेपछि महानगरलाई स्वामित्व हस्तान्तरण गरेको थियो ।  महानगरले स्वामित्व लिएर सङ्घीय, प्रदेश तथा महानगर आफैँले समेत लगानी गर्ने गरी विसं २०८१ साउनबाट रङ्गशालाको काम सुरु गरिएको हो । ७८ करोड रुपैयाँमा ठेक्का लगाइएको हो ।

महानगरका इन्जिनियर सन्तोष आचार्यका अनुसार क्रिकेट मैदानसहित पाँच वटा पिच, ढलसहित मैदान निर्माण, दुई वटा तीन/तीन तलाको भिआइपी टावर बनाइनेछ । एउटामा भिआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । १० हजार अट्ने प्यारापिट बन्नेछ । ३० महिनाभित्र निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता छ । रासस

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ३ : ३७ बजे

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं– पोखरा महानगरपालिका-३१, बेगनासताल कास्कीस्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

म्याग्दी– जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको

प्रधानमन्त्रीले भेटे सुर्खेतबाट खाली खुट्टै आएका नवराजलाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको

ट्रम्पबारे रसियाको कटाक्ष- नोबेल पुरस्कार जित्न सत्ता सम्हालेका शान्तिदूतले अर्को युद्ध थाले

मस्को– रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले इरननमाथि अमेरिकाले आइतबार

सदन बहिष्कारबारे रास्वपाले भन्यो- हाम्रा कुरा सुनेनन्, हामीले पनि सुनेनौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सत्तापक्षले आफूहरूको कुरा