ट्रम्पको धम्कीबीच आईफोन निर्यातमा चीनलाई उछिन्यो भारतले | Khabarhub Khabarhub

ट्रम्पको धम्कीबीच आईफोन निर्यातमा चीनलाई उछिन्यो भारतले


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- आईफोन निर्यातमा भारतले चीनलाई उछिनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीबीच ‘मेड इन इन्डिया’ आईफोनहरूले अमेरिकी बजारमा बलियो पकड बनाएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि पनि भारतले आईफोन निर्यातको मामिलामा चीनलाई पछि पार्न सफल भएको छ ।

भारतले अमेरिकातर्फ मासिक आईफोन निर्यातमा चीनलाई पछाडि पारेको यो पहिलो पटक हो । अमेरिकाभित्र भारतमा बनेका आईफोनहरूको माग तीव्र रूपमा बढ्दै गएको बताइएको छ ।

वित्तीय वर्ष २०२५ को पहिलो महिनामा भारतले अमेरिकातर्फ करिब ३० लाख आईफोन पठाएको छ। उता चीनबाट निर्यात ९ लाख युनिटमा सीमित भएको छ। बजार अनुसन्धान संस्था ओमडियाका अनुसार भारत अब आईफोन निर्यातमा चीनभन्दा धेरै अगाडि देखिएको छ ।

ओमडियाको तथ्यांकअनुसार भारतमा बनेका आईफोनहरूको विश्व बजारमा माग बढ्दै गएको छ । अमेरिका आईफोनको सबैभन्दा ठूलो बजार हो । भारत अब अमेरिकातर्फ सबैभन्दा बढी आईफोन निर्यात गर्ने देश बनेको छ ।

यो परिवर्तनलाई एप्पलको विश्वव्यापी आपूर्ति शृङ्खलामा एक ठूलो मोडका रुपमा भारतीय सञ्चारमाध्यमले व्याख्या गरेका छन् । चीनको फ्याक्ट्रीलाई भारतमा सारेसँगै त्यहाँ बनेका आईफोनहरू विश्वबजारमा फैलिएका हुन् ।

अप्रिल २०२५ मा भारतले अमेरिकातर्फ ३० लाख आईफोन पठाउँदा चीनबाट आईफोन निर्यातमा ७६ प्रतिशतको गिरावट आयो । यसमा अमेरिकाले चीनमाथि थोपरेको कर र भारतमा उत्पादनलाई दिएको प्राथमिकताले पनि असर गरेको छ ।

भारत अहिले द्रूत गतिमा आईफोन उत्पादनको केन्द्र बन्दै गएको छ । ट्रम्पले चीनमाथि कर थोपर्दाको फाइदा पनि भारतलाई मिलेको हो ।

यो परिवर्तनको मुख्य कारण हो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ व्यापार नीति। चीनको तुलनामा भारतमा बनेका आईफोनहरूमा कम कर लाग्ने हुँदा एप्पलका लागि भारत सस्तो र लाभदायक विकल्प बनेको छ ।

ट्रम्पले चीनबाट आयात हुने आईफोनमा ३० प्रतिशत कर लगाएका छन् । उता भारतबाट आउने आईफोनमा मात्रै १० प्रतिशत आयात कर छ। यसैले भारतमा बनेका आईफोनहरू सस्ता र अधिक लाभदायक भएका हुन् ।

कोभिड महामारीपछि चीनमा अत्यधिक निर्भरता घटाउने एप्पलको रणनीतिले भारतलाई फाइदा पुगेको हो। एप्पलले उत्पादन विविधीकरण सुरु गरेर भारतमा लगानी बढाइरहेको छ ।

भारतमा अब फक्सकोन र टाटा जस्ता कम्पनीहरूले आईफोन असेम्बल गरिरहेका छन्। सरकारको ‘मेक इन इण्डिया’ अभियानले पनि ठूलो सहयोग पुर्‍याएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट सञ्चारमाध्यमको दाबी छ ।

भारतबाट अमेरिकातर्फ आईफोन निर्यात बढ्नुले देशको निर्माण क्षेत्र, निर्यात र रोजगारी सबै क्षेत्रमा ठूलो सम्भावना देखाएको छ ।

यसले लाखौं रोजगारी सिर्जना, आर्थिक वृद्धि र निर्यातमा वृद्धि र भारतको छवि विश्व मञ्चमा बलियो हुँदै गएको रुपमा व्याख्या गरिएको छ । यसले आगामी दिनमा भारतमा आईफोन उत्पादन अझ बढ्ने संकेत गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ५ : ०० बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला