चौदण्डीगढीमा सर्पदंश उपचार केन्द्र सञ्चालन | Khabarhub Khabarhub

चौदण्डीगढीमा सर्पदंश उपचार केन्द्र सञ्चालन


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरको चौदण्डीगढी नगरपालिकामा रहेको आधारभूत नगर अस्पताललाई गत जेठ ५ गते सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको थियो । आधारभूत नगर अस्पताल चौदण्डीगढीका डाक्टर अमृत कर्णका अनुसार अस्पतालमा अहिले ‘एन्टी स्नेक भेनम’ राखेर उपचार सुरु गरिएको छ ।

वर्षाको समयमा रातको समय वा दिनमै पनि स्थानीयलाई खजुरा, बिच्छी लगायतका किराको डसाई हुँदा समेत बिरामीलाई अस्पताल ल्याउने गरेका छन् । उनीहरूलाई २४ घटनासम्म बेडमा राखेर सर्पको डसाई हो वा होइन भन्ने पहिचान गरी उपचार सुरु गर्नु गर्ने चिकित्सकको भनाइ छ ।

अहिले सबै सामाग्री अस्पतालमा यथेष्ट रहेको डाक्टर कर्णले बताए । डाक्टर कर्णले सर्पको डसाइबाट बिरामीलाई निकै समस्या भएर आइसियुमा राख्नु पर्ने अवस्था भए आइसियु सम्म पुर्‍याउन आवश्यक सामाग्री समेत अहिले अस्पतालमा रहेको जानकारी दिए ।

आधारभूत नगर अस्पताल चौदण्डीगढीमा अहिले तीन जना एमबिबिएस डाक्टर र एक जना सर्पदंशका बिरामीको उपचार गर्न तालिम प्राप्त व्यक्ति रहेको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले जानकारी दिए । 

उदयपुरमा हरेक वर्ष सयौंको संख्यामा स्थानीयहरूलाई विषालु सर्पले डस्ने गरेको छ । चौदण्डीगढी आधारभूत नगर अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसँगै जिल्लामा सर्पदंश उपचार केन्द्रको संख्या चार पुगेको छ । 

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ५ : ०० बजे

सुर्खेतमा सवारी दुर्घटना, १७ जना घाइते

सुर्खेत– सुर्खेतमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्

एमाले सचिवालय बैठक ओली निवास गुन्डुमा बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

सल्यानमा गाडी दुर्घटना, ३ जनाको मृत्यु, चारजना घाइते

काठमाडौं– सल्यानमा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

कञ्चनपुर– जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा

आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै

काठमाडौं– नेपालीहरुको महान पर्व बडादशैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज