आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक : राखेप  « Khabarhub

आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक : राखेप 


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले इतिहासमा पहिलो पटक नेपाली खेलकुदको बजेटको अङ्कमा निकै ठूलो बढोत्तरी भएको बताएका छन् ।

सरकारले आगामी वर्ष २०८२/८३ का लागि बिहीबार सदनमा प्रस्तुत गरेको बजेट नेपाली खेलकुद क्षेत्रका लागि उत्साहजनक रहेको उनले उल्लेख गरे । 

पोखरामा आज खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा सदस्यसचिव घिसिङले खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता दिनुलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताए ।

‘इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा बजेट वृद्धि भएको छ । यसलाई हामी सबैले उत्साहजनक रूपमा लिनुपर्ने हुन्छ’, उनले भने । सदस्यसचिव घिसिङले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माण तथा स्तरोन्नतिका लागि प्राथमिकता राखेर बजेट विनियोजन गरिएको जानकारी दिए ।

परिषद्को बजेट प्रस्ताव गर्दा क्रिकेटको उमेर समूहको वल्र्डकपका लागि समेत मध्यनजर गरी प्रस्ताव गरिएको उनले जानकारी दिए । ‘पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माणाधीन रहेको छ । यस रङ्गशालाका लागि तेब्बर बढाएर प्रस्ताव गरिएको छ । विस्तृत बजेटको खाका आउँदा तपाईँहरूले थाहा पाउनुहुने छ’, सदस्यसचिवले भने ।

उनले उच्च पर्वतीय खेलमैदानका लागि पनि बजेट विनियोजन भएको जानकारी दिए । ‘प्रदेश र केन्द्रका साझेदारी प्रकृतिका कार्यक्रमसमेत राखेका छौँ । स्थानीय तहमार्फत कार्यान्वयन गर्ने गरी प्रस्ताव बजेटमा गरिएको छ’, उनले भने ।

सदस्यसचिव घिसिङले पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णालीमा गर्ने गरी १०औँ झण्डा हस्तान्तरण गरिएको भए पनि विविध कारणले तोकिएको मितिमा राष्ट्रिय खेलकुद हुन नसकेको बताए । दशौँ राष्ट्रिय खेलकुदका लागि पनि बजेट विनियोजन गरिएकाले आगामी वर्षमा प्रतियोगिता हुने उनले बताए ।

नेपाल सरकार, प्रदेश सरकार र अन्य सबै सरोकारवालाको समान बुझाइ राष्ट्रिय खेलकुदका सम्बन्धमा हुनुपर्ने र नेपाली खेलकुद प्रतियोगिता समयमै कसरी गर्न सकिन्छ भन्नेबारेमा छलफल हुनुपर्ने उनले बताए । रासस

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ६ : २४ बजे

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।