चीनसँग नयाँ व्यापार तनाव हुनसक्ने ट्रम्पद्वारा सङ्केत « Khabarhub

चीनसँग नयाँ व्यापार तनाव हुनसक्ने ट्रम्पद्वारा सङ्केत


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले कर वृद्धि कम गर्ने सम्झौताको ‘उल्लङ्घन’ गरेको भन्दै चीनसँग नयाँ व्यापार तनावको सङ्केत गरेका छन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको व्यापार वार्ता ‘केही हदसम्म अवरुद्ध’ भएको बताएको केही घण्टापछि ट्रम्पले ट्रुथ सोसल प्लेटफर्म नामक आफ्नै लगानीको सामाजिक सञ्जालमा नयाँ व्यापार तनावको सङ्केत गरेका हुन् ।

जेनेभामा उच्च अधिकारीबीच भएको वार्तापछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकले एकअर्कामाथि लगाएको उच्च करलाई अस्थायी रुपमा घटाउन यसै महिना सहमति जनाएका थिए ।

शुक्रबार ट्रम्पले लेखेका छन्, “चीनले अमेरिकासँगको सम्झौताको पूर्ण रुपमा उल्लङ्घन गरेको छ।”

पोस्टको बारेमा सोधिएको प्रश्नमा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले सीएनबीसीसँग भने, “बेइजिङले ‘महत्वपूर्ण खनिजहरू जस्ता वस्तुको आपूर्ति रोक्ने वा सुस्त बनाउने प्रक्रिया जारी राखेको’ छ ।

उहाँले चीनसँग संयुक्त राज्य अमेरिकाको व्यापार घाटा ‘अझै पनि व्यापक रहेको’ र वासिङ्टनले बेइजिङको व्यवहारमा ठूलो परिवर्तन नदेखेको बताए ।

बिहीबार बेसेन्टले ट्रम्प र उहाँका चिनियाँ समकक्षी सी चिनफिङ यस परिस्थितिबारे कुराकानी गर्नसक्ने बताए ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ८ : १५ बजे

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।