सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद « Khabarhub

सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

पर्सा – सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका रु १३ लाख ८० हजार मूल्य पर्ने सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले शुक्रबार विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएका सो सामान नियन्त्रणमा लिएको हो ।

पर्साका सशस्त्र प्रहरीका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले वीरगञ्ज महानगर–१६ स्थित नगवा गाउँस्थित डम्पिङ साइटबाट भारतबाट अवैध रूपमा भन्सार छली गरेर चारवटा साइकलमा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको रु आठ लाख ३६ हजार ९५० मूल्य बराबरको मोबाइल पाट्र्स, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुजलगायत सामान नियन्त्रणमा लिएको जानकारी दिए । भन्सार छली भएका सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले शुक्रबार ड्राइपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगर–२५ चण्डालचोकबाट अवैध रूपमा भन्सार छली गरेर प्रदेश२–०३ ००१ स ४२६४ नम्बरको इ–रिक्सामा लोड गरी ल्याउँदै गरेको रु दुई लाख ७० हजार मूल्य पर्ने मोटर पाट्र्स बरामद गरेको छ ।

त्यस्तै गरी रु दुई लाख मूल्य पर्ने इ–रिक्सा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ ।

त्यसैगरी भगुवा तथा नगवा इलाकाबाट रु ७३ हजार ८०० मूल्य पर्ने कपडा र किराना सामानसमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ९ : ३० बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था