रोहितको सानदार अर्धशतकसँगै मुम्बईले गुजरातलाई दियाे विशाल लक्ष्य « Khabarhub

रोहितको सानदार अर्धशतकसँगै मुम्बईले गुजरातलाई दियाे विशाल लक्ष्य


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)२०२५ को इलिमिनेटरमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २२९ रनको लक्ष्य दिएको छ ।

महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२८ रन बनाएको हो ।

मुम्बईका लागि रोहित शर्माले ८० रनको पारी खेले । ५० बलको सामना गरेका रोहितले ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै जोनी बेयरस्टोले ४७, सुर्य कुमार यादवले ३३, तिलक बर्माले २५ रन बनाए । हार्दिक पाण्डेयले ९ बलमा २२ रन बनाए ।

गुजरातका साई किशोर र प्रसिद्ध कृष्णले दुई दुई विकेट लिए । किशोरले चार ओभरमा ३७ रन दिए भने कृष्णले चार ओभरमा ५३ रन खर्चिए ।

आजको खेलमा विजयी हुनेले फाइनल प्रवेशका लागि पञ्जाब किंग्ससँग प्रतिस्पर्धा गर्ने छ । बिहीबार भएको पहिलो क्वालिफायरमा पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंलोरु फाइलनमा प्रवेश गसिसकेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ९ : ४९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना