जेफ बेजोसको विवाहमा विरोध प्रदर्शन « Khabarhub

जेफ बेजोसको विवाहमा विरोध प्रदर्शन


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै धनाढ्य व्यक्तिहरुको सूचीमा पर्ने जेफ बेजोसले अमेरिकी पत्रकार लरेन सान्चेज इटलीको भेनिस शहरमा विवाह बन्धनमा बाँधिएका छन् ।

तीन दिन लगातार चलेको यो विवाह पार्टी शनिबार सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय मिडिया रोयटर्सका अनुसार यो विवाहका लागि बेजोसले ४६ देखि ५६ मिलियन डलर खर्च गरेका छन् ।

उनको विवाहमा हलिउड कलाकारहरुको बाक्लो उपस्थिति थियो । लेडी गागा र एल्टन जोन जस्ता कलाकारले विवाह समारोहमा लाइभ प्रस्तुती नै दिएका थिए ।

अर्का धनाढ्य बिल गेट्स पनि विवाह समारोहको अतिथि थिए । अन्य विश्व चर्चित व्यक्तिहरु पनि यहाँ पुगेका थिए ।

विवाहको कार्यक्रमले जनजीवन प्रभावित भएपछि भेनिसका स्थानीयले वेजोशका विरुद्धमा प्रदर्शनसमेत गरेका छन् ।

समारोहस्थल वरपर कडा सुरक्षा व्यवस्थाले स्थानीयहरुलाई आउजाउ गर्न समस्या भएको थियो ।

सोहीकारण उनीहरु प्रदर्शनमा उत्रिएका छन् । ‘कर छलेर भव्य विवाह गरेको’ भन्दै उनीहरुले प्रदर्शन गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : ३५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित