जेफ बेजोसको विवाहमा विरोध प्रदर्शन « Khabarhub

जेफ बेजोसको विवाहमा विरोध प्रदर्शन


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै धनाढ्य व्यक्तिहरुको सूचीमा पर्ने जेफ बेजोसले अमेरिकी पत्रकार लरेन सान्चेज इटलीको भेनिस शहरमा विवाह बन्धनमा बाँधिएका छन् ।

तीन दिन लगातार चलेको यो विवाह पार्टी शनिबार सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय मिडिया रोयटर्सका अनुसार यो विवाहका लागि बेजोसले ४६ देखि ५६ मिलियन डलर खर्च गरेका छन् ।

उनको विवाहमा हलिउड कलाकारहरुको बाक्लो उपस्थिति थियो । लेडी गागा र एल्टन जोन जस्ता कलाकारले विवाह समारोहमा लाइभ प्रस्तुती नै दिएका थिए ।

अर्का धनाढ्य बिल गेट्स पनि विवाह समारोहको अतिथि थिए । अन्य विश्व चर्चित व्यक्तिहरु पनि यहाँ पुगेका थिए ।

विवाहको कार्यक्रमले जनजीवन प्रभावित भएपछि भेनिसका स्थानीयले वेजोशका विरुद्धमा प्रदर्शनसमेत गरेका छन् ।

समारोहस्थल वरपर कडा सुरक्षा व्यवस्थाले स्थानीयहरुलाई आउजाउ गर्न समस्या भएको थियो ।

सोहीकारण उनीहरु प्रदर्शनमा उत्रिएका छन् । ‘कर छलेर भव्य विवाह गरेको’ भन्दै उनीहरुले प्रदर्शन गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : ३५ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा