आज २०८२ साल असार १६ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल असार १६ गते सोमबारको राशिफल


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जुन ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने छ। स्वास्थ्यमा समस्या हुँदा मन अशान्त बन्ने जोखिम छ। शिक्षाको क्षेत्रमा घाटा हुने खतरा छ। परिवारमा सुख र शान्ति मिल्नेछ।

वृष : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। परिवारको कारणले मनमा चिन्ता थपिने छ। आफन्तसँग विवाद नगर्नु राम्रो हुन्छ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्ने देखिन्छ।

मिथुन : गुम्न लागेको धन प्राप्त हुनेछ। सहकर्मीको साथ र सहयोग मिल्ने छ। विपक्षी साथी शान्त रहेकाले काम सहजै बन्ने छ। छोटो दूरीको यात्राको योजना सफल बन्ने देखिन्छ।

कर्कट : धनलक्ष्मी योग भएकाले सम्पत्ति सदुपयोग गर्नु उचित हुन्छ। साथीभाइसँगको सम्बन्ध सुमधुर बन्ने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने खतरा हुनसक्छ। शिक्षाका क्षेत्रमा भने सुधारका संकेत देखिने छन्।

सिंह : दिन राम्रो छ। काम गर्दा सचेत बन्नुभएमा फाइदा हुनेछ। परिवारमा खुशी मिल्ने छ। दाम्पत्य जीवन सुखमय बित्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ। सोचेको काम गर्दा फाइदा हुनेछ। पैसा तपाईंको हातमा नबस्ने भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

वृश्चिक : दिन राम्रो छ। व्यापारमा लाभ मिल्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। दाम्पत्य जीवनमा तपाईंको तर्कको जित हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

धनु : दिन सामान्य छ। सानो कुराले मनमा असन्तुष्टि बढ्नेछ। राज्यबाट भय बढ्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेतको खाँचो देखिन्छ।

मकर : दिन सामान्य छ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ। मन अशान्त बन्ने जोखिम छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ।

कुम्भ : दिन राम्रो छ। शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्ने छ। अन्तिम साढेसाती दसाले खर्च बढाए पनि इज्जत बढ्ने छ। दाम्पत्य जीवन सुखमय बन्ने छ। सुखद् यात्राको तय हुने दिन छ।

मीन : मध्य साढेसातीका कारण टाउको दुख्ने समस्या हुनसक्छ। तपाईंलाई काममा खटाएर लाभ लिने व्यक्ति सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएर दैनिक कामको सुरुवात गरेमा फाइदा हुनेछ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : ०१ बजे

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का