आणविक बम बनाउने सोच नभएको इरानी दाबी « Khabarhub

आणविक बम बनाउने सोच नभएको इरानी दाबी


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका विदेश मन्त्री माजिद तख्त राभान्चीले इरानले गोप्य रूपमा आणविक बम बनाइ रहेको कुरालाई अस्वीकार गरेका छन्। उनले आणविक ऊर्जाका लागि वैज्ञानिकको साथ लिएको भने स्वीकार गरेका छन्।

विदेश मन्त्रीले शून्य युरेनियम संवर्द्धनको कुरा गरेको तथा शून्य युरेनियम नभए बम प्रहार गर्ने अमेरिकी चेतावनी नै गैर न्यायिक भएको उनको जिकिर छ।

इरानले अमेरिकासँगको कूटनीतिक वार्ताका लागि आक्रमण नगर्ने प्रतिबद्धता गर्नुपर्ने बताएका छन्।

मध्यस्थकर्तामार्फत् अमेरिकाले वार्ताको प्रस्ताव गरेको बताउँदै उनले अमेरिकाले आफ्नो पोजिसन प्रस्ट पार्नु पर्ने बताए। उनले वार्ता भइरहेको समयमा आक्रमण नहुने कुराको ग्यारेन्टीसमेत माग गरेका छन्।

आणविक केन्द्र र सैन्य कमान्डरलाई लक्षित गर्दै इजरायलले लगातार १२ दिन आक्रमण गरेपछि अमेरिकाले इरानमा पनि आक्रमण गरेको थियो। सो आक्रमणपछि अमेरिकाले लगातार सो स्थानको सम्पूर्ण संरचना नास भएको दाबी गर्दै आएको छ।

अर्कोतर्फ इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीले इरानी आक्रमणले धेरै क्षति गरे पनि पूर्ण नास नगरेको बताए। उनले केही महिनामा नै सो संरचना पूर्ण रूपमा तयार हुने कुरामा जोड दिए। एजेन्सीसँग इरानको सम्बन्ध पनि टाढिएको छ। इरानको संसद्ले नै एजेन्सीसँग सम्बन्ध भङ्ग गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : ३० बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका