पर्सामा लागूऔषधका ११४ मुद्दा दर्ता | Khabarhub Khabarhub

पर्सामा लागूऔषधका ११४ मुद्दा दर्ता


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्मको अवधिमा जिल्लामा लागूऔषधसम्बन्धित ११४ मुद्दा दर्ता भएका छन् ।

जिल्लाको एक सय सात किलोमिटर छिमेकीमुलक भारतसँग खुल्ला सीमा जोडिएकाले पनि लागूऔषधको तस्करीसम्बन्धित गतिविधि बढेको जनाइएको छ ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले चालु आर्थिक वर्षको असार १२ गतेसम्म लागुऔषध कारोबारमा संलग्न रहेको जनाउँदै स्वदेशी तथा विदेशी गरेर १५१ जनालाई पक्राउ गरेको जानकारी दिए ।

लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै ९८ नेपाली पुरुष र ६ जना नेपाली महिला पक्राउ परेका छन्,’ उनले भने, ‘सोही अवधिमा ४५ विदेशी नागरिक र दुईजना विदेशी महिलासमेत पक्राउ परेका हुन् ।’

जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षमा एक हजार ५६१ केजी गाँजा बरामद गरेको छ । त्यस्तै ६२५ केजी चरेश, ३८४ ग्राम खैरो हिरोइन र साढे एक केजी अफिम बरामद गरेको छ ।

यसैगरी, फेनारगन एक हजार चार सय ३३ एम्पुल, डाइजेपाम चार हजार चार सय ९९ एम्पुल, नुरफिन चार हजार चार सय ६४ एम्पुल बरामद गरेको छ । त्यस्तै ट्रामाडोल दुई लाख ८९ हजार दुई सय ७४ ट्याब्लेट बरामद गरेको छ । (रासस)

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : ०७ बजे

पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशु

क्रान्तिको ऐनामा नवयुवाको अनुहार

भदौ २३–२४  मा नेपाली समाजले एउटा ऐतिहासिक आन्दोलन देख्यो, जसले

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान

कञ्चनपुर– वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ वटा स्वचालित

नेपालसँग भिड्ने वेस्ट इन्डिजको टिम घोषणा : को को छन् खेलाडी ?

काठमाडौं – क्रिकेट वेस्ट इन्डिजले नेपालसँगको टी-२० सिरिज खेल्ने टिमको

‘हेरा फेरी– ३’ बाट बाहिरिँदा तनाव बढेको परेश रावलको स्वीकारोक्ति

काठमाडौं– बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’ को तेस्रो भाग