दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम « Khabarhub

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित पारेको छ। धेरै सहरमा तापक्रम ४० डिग्री सेल्यिससम्म छ।

इटाली, स्पेन र ग्रिस लगायत देशमा डढेलो र आगलागीको जोखिम बढेको भन्दै सबैलाई सचेत हुन भनिएको छ।

जलवायु वैज्ञानिकले युरोपको दक्षिणी भागमा अन्य धेरै किसिमका समस्या आउन सक्ने चेतावनी दिएका हुन्।

पोर्चुगल, स्पेन र इटालीमा तातो हावाको बहावपछि पर्यटक बाहिर निस्कन नै डराएका छन्।

आइतबार इटालीको स्वास्थ्य मन्त्रालयले रोम, मिलान र नेपल्स लगायत धेरै स्थान गर्मीको जोखिममा रहेको बताएको छ।

गर्मी याम सुरु हुने बित्तिकै ग्रिसमा पनि आगलागी सुरु भएको छ। ग्रिक अधिकारीले अब आउनसक्ने समस्यालाई ध्यानमा राख्दै १३० दमकल, १२ विमान र १२ हेलिकोप्टर तैनाथ गरेका छन्।

स्पेनमा तापक्रम बढ्दै गएपछि कमजोर प्रौढमाथि खतरा भएको जनाइएको छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ९ : ४९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली