दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम « Khabarhub

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित पारेको छ। धेरै सहरमा तापक्रम ४० डिग्री सेल्यिससम्म छ।

इटाली, स्पेन र ग्रिस लगायत देशमा डढेलो र आगलागीको जोखिम बढेको भन्दै सबैलाई सचेत हुन भनिएको छ।

जलवायु वैज्ञानिकले युरोपको दक्षिणी भागमा अन्य धेरै किसिमका समस्या आउन सक्ने चेतावनी दिएका हुन्।

पोर्चुगल, स्पेन र इटालीमा तातो हावाको बहावपछि पर्यटक बाहिर निस्कन नै डराएका छन्।

आइतबार इटालीको स्वास्थ्य मन्त्रालयले रोम, मिलान र नेपल्स लगायत धेरै स्थान गर्मीको जोखिममा रहेको बताएको छ।

गर्मी याम सुरु हुने बित्तिकै ग्रिसमा पनि आगलागी सुरु भएको छ। ग्रिक अधिकारीले अब आउनसक्ने समस्यालाई ध्यानमा राख्दै १३० दमकल, १२ विमान र १२ हेलिकोप्टर तैनाथ गरेका छन्।

स्पेनमा तापक्रम बढ्दै गएपछि कमजोर प्रौढमाथि खतरा भएको जनाइएको छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ९ : ४९ बजे

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको