शारीरिक सुगठन प्रतियोगिताका विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहको बधाई « Khabarhub

शारीरिक सुगठन प्रतियोगिताका विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहको बधाई


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले १५औँ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

भुटानको थिम्पुमा गत जुन ११ देखि १५ सम्म सम्पन्न प्रतिस्पर्धामा नेपालले विभिन्न समूहतर्फ  उपाधि जितेको थियो । कार्यवाहक प्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयमा आज विजेता खेलाडीहरूलाई सम्मानसहित बधाई ज्ञापन गरेका हुन् ।

कार्यवाहक प्रधानमन्त्री सिंहले अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै नाम राख्न सफल भएको भन्दै खेलाडीहरूको प्रशंसा गरे ।

प्रतियोगितामा ५५ केजी तौल समूहमा नेपालका शरद सुवालले रजत पदक जितेका छन् भने महिला एथलेटिक्स फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण, शीला ठकुरीले रजत पदक जितेका छन् । उक्त समूहमा भारतकी सारा कांस्य पदक विजेता बनेकी छिन् ।

त्यसैगरी, पुरुष स्पोर्ट्स फिजिक १७५  मुनिको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेका छन् । पुरुष स्पोर्ट्स फिजिक १७५ माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौँ स्थान हासिल गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ११ : ५६ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि