लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरू « Khabarhub

लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरू


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिराहा– लहान नगरपालिका–१२ स्थित भोटियाटोलमा श्रमिक महिलाको सशक्तिकरणका लागि ‘श्रमिक भवन’ निर्माण कार्य सुरू गरिएको छ । महिला श्रमिकको पहिचान, आत्मसम्मान र अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुने यो भवनको आज एक समारोहबीच शिलान्यास गरिएको हो ।

सोह्र लाख ४४ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको भवन ‘एक्सन एड’ नेपाल र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा निर्माण हुनेछ । आगामी डिसेम्बर ३१ सम्म निर्माण सम्पन्न हुने जनाइएको छ । भवनको शिलान्यास लहान नगरप्रमुख महेशप्रसाद चौधरी, वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी तथा क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले संयुक्त रूपमा गरे ।

कार्यक्रममा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले लहानमा श्रमिक महिलाको उल्लेखनीय उपस्थिति रहेकाले उनीहरूका लागि छुट्टै भवनको आवश्यकता महसुस भएको बताए । ‘हिंसारहित वातावरणमा काम गर्न, न्यायोचित ज्यालाको माग गर्न तथा विभिन्न तालिम, गोष्ठी सञ्चालन गर्न यो भवन उपयोगी हुनेछ,’उनले भने ।

वडाअध्यक्ष बद्रीनारायण चौधरीले श्रमिक महिलाको सुरक्षाको सवालमा वडा कार्यालय तथा नगरपालिकाले संवेदनशीलता देखाउँदै आएको बताए । उनले लहानमा पहिलोपटक श्रमिक महिलाका लागि भवन बन्न लागेकामा खुसी व्यक्त गरे ।

नगरप्रमुख महेशप्रसाद चौधरीले भविष्यमा यही भवनमा सीपमूलक तालिम, कानुनी साक्षरता कार्यक्रम र महिला नेतृत्व विकासका कार्य सञ्चालन सहज हुने भन्दै नगरपालिका त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘महिला श्रमिकको हक, सुरक्षा र सशक्तिकरणका लागि लहान नगरपालिका सधैँ प्रतिबद्ध रहन्छ । भविष्यमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।’

कार्यक्रममा उपस्थित श्रमिक महिलाले भवनमा सञ्चालन हुने सीपमूलक तालिमले वैकल्पिक आयआर्जन पनि गर्न सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । भवन निर्माणका लागि लहान नगरपालिका–१२ स्थित शिव मन्दिर छेउको सार्वजनिक जमिन नगरपालिकाले प्रदान गरेको हो । रासस
 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १२ : १३ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि