नेविसंघको असन्तुष्ट पक्षले घेर्‍यो सानेपा (तस्बिरहरू) « Khabarhub

नेविसंघको असन्तुष्ट पक्षले घेर्‍यो सानेपा (तस्बिरहरू)

तरुणका केही नेता पनि बसेका छन् अनशन


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को असन्तुष्ट पक्ष प्रदर्शनमा उत्रिएको छ ।

संगठनको महाधिवेशन माग गर्दै असुन्तष्ट पक्षले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा प्रदर्शनसहित घेराउ गरेको हो ।

०७९ सालको प्रतिनिधिसभाको चुनाव भएकको तीन महिनाभित्र महाधिवेशन गर्ने कार्यादेश पाएको तदर्थ समितिले पटकपटक म्याद थप्दा पनि अधिवेशन गर्न सकेको छैन । त्यहीकारण उनीहरूले दबाबका लागि कांग्रेस केन्द्रीय कार्यालय घेरेका हुन् ।

मातृ पार्टीले यसअघि ०८१ चैत मसान्तदेखि तदर्थ समितिको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरिसकेको छ । त्यसकै आधारमा नेविसंघको तदर्थ समिति भंग हुनुपर्ने माग आन्दोलनरत विद्यार्थीहरूले गरिरहेका छन् ।

यस्तै कांग्रेसको अर्को भ्रातृ संगठन नेपाल तरुण दलको तदर्थ समिति पनि भंग हुनुपर्ने मागसहित सानेपामा केन्द्रीय सदस्यद्वय रोजन राई र अम्बिका बास्कोटाले आइतबारदेखि आमरण अनसन सुरु गरेका छन् ।

कांग्रेसको सोमबारदेखि सुरू हुन गइरहेको केन्द्रीय कार्यसमिति बैठकमा भ्रातृसंगठनबारे छलफल गर्ने एजेन्डा छ । उक्त बैठकअघि नै भ्रातृसंगठनहरूले मातृ पार्टीका नेतालाई दबाब दिन घेराउ र अनशनसहितका आन्दोलन थालेका हुन् ।

तस्बिहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : २४ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको