कैलाली–कञ्चनपुर जलमग्न, सतर्कता अपनाउन मुख्यमन्त्रीको आग्रह   « Khabarhub

कैलाली–कञ्चनपुर जलमग्न, सतर्कता अपनाउन मुख्यमन्त्रीको आग्रह  


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षालाई विपद्को समयमा उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । 

भारी वर्षाका कारण सुदूरपश्चिमका कैलाली–कञ्चनपुरका अधिकांश स्थान जलमग्न भएपछि उनले सुरक्षा निकायलाई परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । 

लगातारको भारी वर्षाका कारण कैलाली, कञ्चनपुरलगायत आसपासका क्षेत्रहरू जलमग्न भएका छन् । बाढीबाट डुबान हुन सक्ने भएकाले विपत्तिको समयमा सुरक्षित भएर बस्न पनि मुख्यमन्त्री शाहले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गरेर नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका जिल्लाबासीलाई सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ३३ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति