कैलाली–कञ्चनपुर जलमग्न, सतर्कता अपनाउन मुख्यमन्त्रीको आग्रह   « Khabarhub

कैलाली–कञ्चनपुर जलमग्न, सतर्कता अपनाउन मुख्यमन्त्रीको आग्रह  


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षालाई विपद्को समयमा उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । 

भारी वर्षाका कारण सुदूरपश्चिमका कैलाली–कञ्चनपुरका अधिकांश स्थान जलमग्न भएपछि उनले सुरक्षा निकायलाई परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । 

लगातारको भारी वर्षाका कारण कैलाली, कञ्चनपुरलगायत आसपासका क्षेत्रहरू जलमग्न भएका छन् । बाढीबाट डुबान हुन सक्ने भएकाले विपत्तिको समयमा सुरक्षित भएर बस्न पनि मुख्यमन्त्री शाहले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गरेर नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका जिल्लाबासीलाई सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ३३ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल