शिक्षक महासंघको चेतावनी : शिक्षा विधेयक तत्कालै पारित नभए फेरि आन्दोलनमा होमिन्छौँ « Khabarhub

शिक्षक महासंघको चेतावनी : शिक्षा विधेयक तत्कालै पारित नभए फेरि आन्दोलनमा होमिन्छौँ


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल शिक्षक महासंघले संसद्‍बाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकलाई लिएर फेरि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

महासंघसँग गत वैशाख १७ गते आफूहरूसँग भएको सहमतिअनुसार प्रतिनिधिसभाबाट तत्काल शिक्षा विधेयक पारित नभए फेरि आन्दोलनमा होमिने चेतावनी सोमबार एक वक्तव्य जारी गर्दै महासंघले चेतावी दिएको हो ।

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकबारे अहिले छलफल चलिरहेको छ । तर निजी विद्यालयलाई भविष्यमा के गर्ने ?, राहत शिक्षकहरूको व्यवस्थापन कसरी गर्नेसहितका विषयमा अझै पनि सहमति जुटिसकेको छैन।

यस्तो अवस्थामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा मगरले सोमबार एक वक्तव्य जारी गर्दै सहमति अनुसार यथाशीघ्र विधेयक पास गर्न भनेका हुन् ।

विगतका सहमतिहरू समावेश गरिएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउनुपर्ने माग पनि महासंघले सरकारसँग गरेको छ ।

‘यो कार्यमा विलम्व गर्ने सुविधा कसैलाई छैन । यस काममा कुनै पनि खालको विलम्व र षडयन्त्र भएमा नेपाल शिक्षक महासङ्घ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौँ,’ अध्यक्ष सुवेदी र महासचिव थापाले भनेका छन् ।

अबको आन्दोलनबाट सिर्जना हुन सक्ने परिणामप्रति सचेत रहन तथा यो परिस्थिति निर्माण हुन नदिन सक्रिय र गम्भीर रहन महासंघले सरकारलाई आग्रह गरेको छ ।

महासंघले यसअघि २०८१ चैतदेखि २०८१२ वैशाखसम्म २९ दिने काठमाडौंकेन्द्रित आन्दोलन गरेको थियो । उक्त आन्दोलनलाई वैशाख १७ गते विश्राम दिने क्रममा असार १५ गतेभित्र शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गराउने सहमति भएको थियो ।

महासंघले सरकारी प्रतिबद्धताअनुरुप असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश नभएका कारण आमनेपाली, शिक्षक-कर्मचारी सशंकित र आक्रोशित भएका पनि जनाएको छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ४२ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति