शिक्षक महासंघको चेतावनी : शिक्षा विधेयक तत्कालै पारित नभए फेरि आन्दोलनमा होमिन्छौँ « Khabarhub

शिक्षक महासंघको चेतावनी : शिक्षा विधेयक तत्कालै पारित नभए फेरि आन्दोलनमा होमिन्छौँ


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल शिक्षक महासंघले संसद्‍बाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकलाई लिएर फेरि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

महासंघसँग गत वैशाख १७ गते आफूहरूसँग भएको सहमतिअनुसार प्रतिनिधिसभाबाट तत्काल शिक्षा विधेयक पारित नभए फेरि आन्दोलनमा होमिने चेतावनी सोमबार एक वक्तव्य जारी गर्दै महासंघले चेतावी दिएको हो ।

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकबारे अहिले छलफल चलिरहेको छ । तर निजी विद्यालयलाई भविष्यमा के गर्ने ?, राहत शिक्षकहरूको व्यवस्थापन कसरी गर्नेसहितका विषयमा अझै पनि सहमति जुटिसकेको छैन।

यस्तो अवस्थामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा मगरले सोमबार एक वक्तव्य जारी गर्दै सहमति अनुसार यथाशीघ्र विधेयक पास गर्न भनेका हुन् ।

विगतका सहमतिहरू समावेश गरिएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउनुपर्ने माग पनि महासंघले सरकारसँग गरेको छ ।

‘यो कार्यमा विलम्व गर्ने सुविधा कसैलाई छैन । यस काममा कुनै पनि खालको विलम्व र षडयन्त्र भएमा नेपाल शिक्षक महासङ्घ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौँ,’ अध्यक्ष सुवेदी र महासचिव थापाले भनेका छन् ।

अबको आन्दोलनबाट सिर्जना हुन सक्ने परिणामप्रति सचेत रहन तथा यो परिस्थिति निर्माण हुन नदिन सक्रिय र गम्भीर रहन महासंघले सरकारलाई आग्रह गरेको छ ।

महासंघले यसअघि २०८१ चैतदेखि २०८१२ वैशाखसम्म २९ दिने काठमाडौंकेन्द्रित आन्दोलन गरेको थियो । उक्त आन्दोलनलाई वैशाख १७ गते विश्राम दिने क्रममा असार १५ गतेभित्र शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गराउने सहमति भएको थियो ।

महासंघले सरकारी प्रतिबद्धताअनुरुप असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश नभएका कारण आमनेपाली, शिक्षक-कर्मचारी सशंकित र आक्रोशित भएका पनि जनाएको छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ४२ बजे

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा