बीआटीई–२०२५ : नेपाल पर्यटक स्वागतका लागि तयार « Khabarhub

बीआटीई–२०२५ : नेपाल पर्यटक स्वागतका लागि तयार


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्यटन बोर्डले बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनी (बीआईटीई) २०२५ मा नेपाल पर्यटक स्वागतका लागि प्रकृति, संस्कृति र साहसिकताको अद्वितीय संयोजनसहित तयार रहेको जनाएको छ ।

बेइजिङको चाओयाङ जिल्ला स्थित चाइना इन्टरनेशनल एक्जिविसिज सम्पन्न तीनदिने प्रदर्शनीका क्रममा बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले नेपाल प्रकृति, संस्कृति, साहसिकता र पाहुना सत्कारको अनुपम संयोजनसहित पर्यटक स्वागतका लागि तयार रहेको बताएका हुन् । 

उनले छिमेकी मुलुक चीन नेपालका लागि पहिलेदेखि पर्यटकीय स्रोत मुलुक भएकाले स्वागतका लागि तयार भएको उल्लेख गर्दै नेपालले कला, संस्कृति, होलिडे, बुद्धिजम लगायतका विषयलाई पर्यटन प्याकेजमा राखेको समेत उल्लेखन गरेका छन् । 

२७ जुनदेखि सुरु भएको प्रदर्शनीका क्रममा बोर्डले नेपालको अध्यात्म, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई सशक्त रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको हो ।प्रदर्शनीमा आएका पर्यटन व्यवसायी र अवलोकनकर्ताहरूले नेपालको सफ्ट एडभेन्चर, सांस्कृतिक परिपथ, आध्यात्मिक गन्तव्य तथा छोटो अवधीका विश्राम भ्रमणहरूमा गहिरो चासो देखाएको बोर्डले जनाएको छ । नेपालप्रति देखिएको विशेष आकर्षणलाई प्रतिबिम्बित गर्दै, नेपालको पविलियनलाई बेस्ट पपुलारिटी अवार्ड समेत प्रदान गरिएको थियो । 

बोर्डका अनुसार पहिलो दुई दिन बीटुबी नेटवर्किङ र अन्तिम दिन बीटुसी अन्तरक्रियालाई लक्षित गरी प्रदर्शनी गरिएको थियो । नेपाल पर्यटन बोर्डले प्रदर्शनीको साइडलाइन सत्रमा एक विशेष गन्तव्य प्रस्तुतिका क्रममा चिनियाँ पर्यटन व्यवसायीसँग सहकार्य गर्दै नेपाली भ्रमणलाई ‘लाइफटाइम एक्सपेरियन्स’ बनाउने सन्देश पनि दिएको छ ।

नेपाल पविलियन यहाँको समृद्ध सांस्कृतिक र ऐतिहासिक सम्पदा, हिमाली रोमाञ्चक अनुभवहरू तथा विविध पर्यटकीय सम्भावनाहरूलाई आकर्षक शैलीमा चित्रण गरिएको थियो । सहभागी निजी पर्यटन व्यवसायीहरूले पनि नेपालका उत्कृष्ट ट्राभल प्याकेजहरू प्रस्तुत गर्दै पर्यटकलाई बहुआयामिक अनुभव दिने क्षमताको बारेमा जानकारी गराएका थिए ।

 बीआटीई–२०२५ मा नेपालका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, बेइजिङस्थि नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनाल, आर्थिक मामिला विभागबाट पार्वती अर्याल तथा अन्य उच्च अधिकारीहरूले नेपाल पविलियन अवलोकन गरेका थिए ।

प्रदर्शनीमा पर्ल होलिडेज्, आउटसाइन एड्भेन्चर, नेपाल हिमालयन इन्टरनेसनल ट्राभल कम्पनी, जर्नी डीएमसी प्रा.लि, हिमालय सेफ्टी ट्रेक्स एण्ड एक्सपिडिसन, ड्रागन होलिडेज, एक्सेसिबल एड्भेन्चर, फ्रेन्ड्स एड्भेन्चर टिमलगायतका पर्यटन व्यवसायीहरू तथा पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरे र वरिष्ठ अधिकृत गोपाल भण्डारी सहभागी थिए । 

नेपाली प्रतिनिधिमण्डलले माल्दिभ्स र रुसको सेन्ट पिटर्सबर्गका पर्यटन व्यवसायीसँग द्विपक्षीय पर्यटन प्रवर्द्धनका लागि छलफलसमेत गरेका थिए । बोर्डले आगामी दिनमा यी सम्पर्क र अन्तरक्रियालाई प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गर्दै बेइजिङ लगायत आसपासका सहरहरूबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुने विश्वास लिएको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ५४ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा