यस्तो छ हवाई नीतिको नयाँ मस्यौदा | Khabarhub Khabarhub

यस्तो छ हवाई नीतिको नयाँ मस्यौदा


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १९ वर्षपछि हवाई नीति, २०८२ ल्याउनेगरी बहसको लागि मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयकाअनुसार हवाई नीति, २०६३ जारी भएपछि सो क्षेत्रमा देखिएका परिवर्तन, उपलब्धिले सिर्जना गरेका नयाँ अवसर र समस्याको सम्बोधन गर्नेगरी नयाँ नीति ल्याउन खोजिएको हो ।

प्रस्तावित मस्यौदामा नेपालको उड्डयन क्षेत्रमा विदेशी लगानी, भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी व्यवस्थापन, विमान खरिद लगायत धेरै विषयमा नयाँ प्रावधान उल्लेख गरिएको छ ।

पुराना जहाज खरिद गर्न नपाइनेदेखि विमानस्थलमा विदेशी व्यवस्थापनसम्म

नेपालमा विगतमा कहिलेकाहीँ हुने गरेका विमान दुर्घटनाको समयमा ती विमानको आयुको विषय चर्चा हुने गर्दथ्यो । मन्त्रालयले नयाँ मस्यौदामा कति पुराना जहाज नेपाल भित्र्याउन पाइने भन्ने नै स्पष्ट गरेर हवाई नीतिको प्रस्तावमा उल्लेख गरेको छ ।

प्रस्तावअनुसार अब १५ देखि २० वर्ष पुराना वायुयान नेपालमा आयात गर्न अनुमति नदिइने उल्लेख छ ।

‘प्रेसराइज्डको हकमा १५ वर्ष भन्दा पुरानो वा इकोनोमिक डिजाइन लाइफको ५० प्रतिशत पूरा गरेको वा ३५ हजार प्रेसराइजेशन साइकल पूरा गरेको वायुयानहरूको आयात निषेध गरिनेछ’, मस्यौदामा उल्लेख छ ।

त्यस्तै, मस्यौदामा नन् प्रेसराइज्ड वायुयानको हकमा २० वर्षभन्दा पुराना वायुयानलाई आयात गर्न अनुमति प्रदान नगरिने भनिएको छ ।

मस्यौदामा ग्राउन्ड ह्यान्डलिङ सेवालाई प्रतिस्पर्धी बनाइने समेत उल्लेख गरिएको छ । जबकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ अहिलेसम्म नेपाल वायुसेवा निगमले गर्दै आएको छ । साथै, मस्यौदामा पछिल्लो समयमा अर्बौं ऋण लागतमा निर्माण सम्पन्न भएर पूर्ण व्यावसायिक क्षमतामा सञ्चालन हुन नसकेका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र प्रवर्द्धनमा अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्ने नीति अवलम्बन गरिने उल्लेख छ ।

नयाँ मस्यौदाले सोही अवस्थामा  अन्तिम रूप प्राप्त गरेमा अब नेपाली पुँजपतिहरूले पनि निजी वायुयान सञ्चालन गर्न सक्नेछन् । तर, ती वायुयानले भने व्यापारिक उडान गर्न नपाउने मस्यौदामा उल्लेख छ ।

नेपालको वायुसेवामा शतप्रतिशत विदेशी लगानी गर्न नपाइने

प्रस्तावित हवाई नीतिको मस्यौदामा वायुसेवादेखि वायुयान निर्माण कम्पनीसम्मका उद्योग नेपालमा सञ्चालन गर्दा शतप्रतिशत विदेशी लगानी गर्न नपाइने प्रस्ताव गरिएको छ ।

अन्तर्राष्ट्रिय वायुसेवा र फ्लाइङ स्कुलको हकमा ९० प्रतिशत, आन्तरिक वायुसेवाको हकमा ४९ प्रतिशत, वायुयान मर्मत सम्भार र निर्माण वा डिजाइन गर्नेमा ९५ प्रतिशत र अन्य सेवा प्रदायक संस्थाको हकमा ८० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था मिलाइने मस्यौदामा उल्लेख छ ।

हवाई नीति, २०८२ को प्रारम्भिक मस्यौदा

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  २ : ११ बजे

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेकी महिला पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पार्ने युवतीलाई प्रहरीले

एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)को जारी नवौँ केन्द्रीय कमिटी बैठकमा

नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने

काठमाडौं– भारतको रक्षा मन्त्रालयले नयाँ पुस्ताको लडाकु विमानको इन्जिन निर्माणका

‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’

काठमाडौं– दक्षिण एशियाका लागि बेलायतकी व्यापार उपायुक्त एन्ना शोटबोल्टले भारत