जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता « Khabarhub

जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जुन महिनामा दुई लाख ३० हजारभन्दा बढी अफगानीले उनीहरूलाई स्वदेश फर्किन दिइएको निर्देशन अनुसार इरान छोडेका छन् ।

 तीमध्ये अधिकांशलाई निर्वासित गरिएको हो भने उनीहरू तेहरानको निर्धारित समयसीमा अघि फिर्ता हुने क्रम  बढेको संयुक्त राष्ट्रसङ्घको आप्रवासन मामिला हेर्ने निकायले सोमबार बताएको छ । 

जुन महिनाको २८ गते सम्म दुई लाख ३३ हजार ९४१ व्यक्तिहरू इरानबाट अफगानिस्तान फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङंगठनका प्रवक्ता अवन्द अजिज अघालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।  

सन् २०२५ जनवरीदेखि जुन २८ सम्म छ लाख ९१ हजार ४९ जना मानिसहरू फर्केको र उनीहरूमध्ये ७० प्रतिशतलाई जबरजस्ती फिर्ता पठाइएको उनले बताए।  

अफगानीहरूले बढ्दो निर्वासन र मे महिनामा इरानले घोषणा गरेको जुलाई ६ सम्मको समयसीमाका कारण पछिल्लो समयमा स्वदेश फर्कनेहरूको सङ्ख्या बढेको जनाइएको छ । 

गत हप्ताको धेरै दिनसम्म यो सङ्ख्या दैनिक ३० हजारको हाराहारीमा रहेको आइओएमले जनाएको छ । हालको फिर्ता दरको दैनिक तथ्यांक लगभग छ देखि सात हजार रहेकोमा समयसीमा अघि नै सङ्ख्या बढ्ने अपेक्षा गरेको संयुक्त राष्ट्रसङ्घ र तालिबानका सीमा अधिकारीले  जनाएका छन् ।
 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  २ : २५ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या