कांग्रेस बैठक : सरकारको समीक्षासहित यी १३ विषयमा हुँदैछ छलफल « Khabarhub

कांग्रेस बैठक : सरकारको समीक्षासहित यी १३ विषयमा हुँदैछ छलफल


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरू भएको छ।

बैठक सोमबार दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय समिति बैठकका लागि आइतबार बसेको पदाधिकारी बैठकले विभिन्न एजेण्डा तय गरेको थियो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतकाअनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा छलफल हुँदैछ ।

कांग्रेसका सात भ्रातृसंस्थाको म्याद २०८१ चैत मसान्तमा सकिएको थियो । तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने-नथप्ने पनि बैठकमा छलफल हुँदैछ ।

यसैगरी, क्रियाशील सदस्यता वितरणबारे महामन्त्री गगन थापाले बैठकमा जानकारी गराउने छन् । थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको समय दिएको छ ।

बैठकमा पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र पेस गरिने, सङ्घीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा पनि रहेको छ ।

बैठकका प्रस्तावहरू

१) १०० दिने अभियानका प्रतिवेदनहरू
२) केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन
३) केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत
४) अनुशासन समितिको प्रतिवेदन
५) कृयाशील सदस्यता नवीकरण प्रगति विवरण
६) केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय
७) नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा
८) नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त ‘नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ’ र ‘नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ’ (निस्टा) को नाम संशोधन सम्बन्धमा
९) कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन
१०) जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा
११) संसद् र सरकारमा पार्टीको भूमिका प्रभावकारिता (मन्त्रीहरूको प्रतिवेदनसहित छलफल)
१२) समसामयिक विषय (राजनैतिक, सामाजिक, शैक्षिक, प्रशासनिक लगायत)
१३) विविध ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ०२ बजे

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी