‘अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसद्को कामकारबाही प्रभावित भयो’ « Khabarhub

‘अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसद्को कामकारबाही प्रभावित भयो’


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसद्को कामकारबाही प्रभावित हुने गरेको बताएका छन् ।  

संसद् दिवसका अवसरमा सोमबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर अघि बढ्न खोजेपनि आग्रह र पूर्वाग्रहका कारण संसद्को कामकारबाही प्रभावित हुँदा संसद्को कार्यतालिकामा समेत असर परिरहेको बताए ।

उनले सदनमा विरोध हुँदाहुँदै पनि निश्चित समयमा पास गर्नुपर्ने बजेटसम्बन्धी विधेयकहरूलाई जबरजस्ती अघि बढाउनुपरेको धारणा राखे । जबरजस्ती सदन सञ्चालन गर्नुपर्दा सरकारको दायित्व, सत्तापक्ष र प्रतिपक्षीको दायित्वका बारेमा सोच्न जरुरी रहेको उनले बताए ।

सभामुख घिमिरेले चित्त नबुझे संसद् प्रभावित पार्ने कामले अहिलेको प्रणालीको विरोधीहरूलाई फाइदा पुगेको धारणा राखे । प्रभावकारी संसद् बनाउन सशक्त सचिवालयको जरुरी रहेको उनको भनाइ छ ।  

त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले उठाएका जनताका समस्याहरूलाई समयमै सम्बोधन गर्ने र संसद्प्रति उत्तरदायी हुने सवालमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । 

सांसदले संसदमा समस्या उठाएपछि औपचारिकताका लागि मन्त्रीहरूले जवाफ दिने तर कार्यान्वयनमा ढिलासुस्ती र उदासीनता देखिने गरेको भन्दै यसमा सबैको ध्यान जान जरुरी रहेको उनले बताए । 

अध्यक्ष दाहालले समितिहरूको कार्यदक्षता बढाउन, विधेयकमा गहन छलफल गर्ने परम्परा बसाल्न र सबै सांसदहरूलाई नीतिगत छलफलमा समान सहभागिता गराउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । 

उनले जनता र संसदबीचको दूरी कम गर्न प्रविधिको प्रयोग, सहज पहुँच र खुला संवादको वातावरण विकास गर्नुपर्नेमा समेत जोड दिए । विसं. २०१६ साल असार १६ गते नेपालमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद् दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ०६ बजे

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा