‘अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसद्को कामकारबाही प्रभावित भयो’ « Khabarhub

‘अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसद्को कामकारबाही प्रभावित भयो’


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसद्को कामकारबाही प्रभावित हुने गरेको बताएका छन् ।  

संसद् दिवसका अवसरमा सोमबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर अघि बढ्न खोजेपनि आग्रह र पूर्वाग्रहका कारण संसद्को कामकारबाही प्रभावित हुँदा संसद्को कार्यतालिकामा समेत असर परिरहेको बताए ।

उनले सदनमा विरोध हुँदाहुँदै पनि निश्चित समयमा पास गर्नुपर्ने बजेटसम्बन्धी विधेयकहरूलाई जबरजस्ती अघि बढाउनुपरेको धारणा राखे । जबरजस्ती सदन सञ्चालन गर्नुपर्दा सरकारको दायित्व, सत्तापक्ष र प्रतिपक्षीको दायित्वका बारेमा सोच्न जरुरी रहेको उनले बताए ।

सभामुख घिमिरेले चित्त नबुझे संसद् प्रभावित पार्ने कामले अहिलेको प्रणालीको विरोधीहरूलाई फाइदा पुगेको धारणा राखे । प्रभावकारी संसद् बनाउन सशक्त सचिवालयको जरुरी रहेको उनको भनाइ छ ।  

त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले उठाएका जनताका समस्याहरूलाई समयमै सम्बोधन गर्ने र संसद्प्रति उत्तरदायी हुने सवालमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । 

सांसदले संसदमा समस्या उठाएपछि औपचारिकताका लागि मन्त्रीहरूले जवाफ दिने तर कार्यान्वयनमा ढिलासुस्ती र उदासीनता देखिने गरेको भन्दै यसमा सबैको ध्यान जान जरुरी रहेको उनले बताए । 

अध्यक्ष दाहालले समितिहरूको कार्यदक्षता बढाउन, विधेयकमा गहन छलफल गर्ने परम्परा बसाल्न र सबै सांसदहरूलाई नीतिगत छलफलमा समान सहभागिता गराउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । 

उनले जनता र संसदबीचको दूरी कम गर्न प्रविधिको प्रयोग, सहज पहुँच र खुला संवादको वातावरण विकास गर्नुपर्नेमा समेत जोड दिए । विसं. २०१६ साल असार १६ गते नेपालमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद् दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ०६ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल