कांग्रेस बैठक चलिरहेका बेला देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री « Khabarhub

कांग्रेस बैठक चलिरहेका बेला देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री रघुजी पन्त सानेपा पुगेका छन् ।

सोमबारदेखि सुरू भएको बैठककै क्रममा शिक्षामन्त्री पन्त कांग्रेस सभापति शेरबहादुर देउवासँग विद्यालय शिक्षा विधेयकबारे छलफलका लागि सानेपा पुगेका हुन् ।

अहिले सभापति देउवा र शिक्षामन्त्री पन्तबीच शिक्षासम्बन्धी विधेयकबारे छलफल भइरहेको छ । छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे पनि सहभागी छन् ।

विद्यालय शिक्षा विधेक अहिले पनि संसदीय समितिमा अड्किएको छ । यही असारभित्र पारित गर्ने भनिए पनि संसदीय समितिमै सहमति हुन नसक्दा सरकारमाथि दबाब बढेको छ ।

नेपाल शिक्षक महासंघले सोमबार मात्रै संसद्‍बाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकलाई लिएर फेरि आन्दोलनमा उत्रिने चेतावनी दिइसकेको छ । यस्तोमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबीच यसबारे एकमत बनाउन पन्त सानेपा पुगेका हुन् ।

महासंघसँग गत वैशाख १७ गते आफूहरूसँग भएको सहमतिअनुसार प्रतिनिधिसभाबाट तत्काल शिक्षा विधेयक पारित नभए फेरि आन्दोलनमा होमिने चेतावनी सोमबार एक वक्तव्य जारी गर्दै महासंघले चेतावी दिएको छ ।

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकबारे अहिले छलफल चलिरहेको छ । तर निजी विद्यालयलाई भविष्यमा के गर्ने ?, राहत शिक्षकहरूको व्यवस्थापन कसरी गर्नेसहितका विषयमा अझै पनि सहमति जुटिसकेको छैन।

यस्तो अवस्थामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा मगरले सोमबार एक वक्तव्य जारी गर्दै सहमति अनुसार यथाशीघ्र विधेयक पास गर्न भनेका छन् ।

‘यो कार्यमा विलम्व गर्ने सुविधा कसैलाई छैन । यस काममा कुनै पनि खालको विलम्व र षडयन्त्र भएमा नेपाल शिक्षक महासङ्घ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौँ,’ अध्यक्ष सुवेदी र महासचिव थापाले भनेका छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ५१ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको