कांग्रेस बैठक चलिरहेका बेला देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री | Khabarhub Khabarhub

कांग्रेस बैठक चलिरहेका बेला देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री रघुजी पन्त सानेपा पुगेका छन् ।

सोमबारदेखि सुरू भएको बैठककै क्रममा शिक्षामन्त्री पन्त कांग्रेस सभापति शेरबहादुर देउवासँग विद्यालय शिक्षा विधेयकबारे छलफलका लागि सानेपा पुगेका हुन् ।

अहिले सभापति देउवा र शिक्षामन्त्री पन्तबीच शिक्षासम्बन्धी विधेयकबारे छलफल भइरहेको छ । छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे पनि सहभागी छन् ।

विद्यालय शिक्षा विधेक अहिले पनि संसदीय समितिमा अड्किएको छ । यही असारभित्र पारित गर्ने भनिए पनि संसदीय समितिमै सहमति हुन नसक्दा सरकारमाथि दबाब बढेको छ ।

नेपाल शिक्षक महासंघले सोमबार मात्रै संसद्‍बाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकलाई लिएर फेरि आन्दोलनमा उत्रिने चेतावनी दिइसकेको छ । यस्तोमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबीच यसबारे एकमत बनाउन पन्त सानेपा पुगेका हुन् ।

महासंघसँग गत वैशाख १७ गते आफूहरूसँग भएको सहमतिअनुसार प्रतिनिधिसभाबाट तत्काल शिक्षा विधेयक पारित नभए फेरि आन्दोलनमा होमिने चेतावनी सोमबार एक वक्तव्य जारी गर्दै महासंघले चेतावी दिएको छ ।

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकबारे अहिले छलफल चलिरहेको छ । तर निजी विद्यालयलाई भविष्यमा के गर्ने ?, राहत शिक्षकहरूको व्यवस्थापन कसरी गर्नेसहितका विषयमा अझै पनि सहमति जुटिसकेको छैन।

यस्तो अवस्थामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा मगरले सोमबार एक वक्तव्य जारी गर्दै सहमति अनुसार यथाशीघ्र विधेयक पास गर्न भनेका छन् ।

‘यो कार्यमा विलम्व गर्ने सुविधा कसैलाई छैन । यस काममा कुनै पनि खालको विलम्व र षडयन्त्र भएमा नेपाल शिक्षक महासङ्घ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौँ,’ अध्यक्ष सुवेदी र महासचिव थापाले भनेका छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ५१ बजे

बलोच समुदायका बन्दी रिहा गर्न पाकिस्तानलाई एमनेस्टीको आग्रह

काठमाडौं– अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले पाकिस्तानलाई बलोच समुदायका बन्दी रिहा

पार्टीको सिद्धान्तबारे जनतालाई बुझाउन सके बहुमत प्राप्त हुन्छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको सिद्धान्तबारे जनतालाई

माधव ढुंगेलको तर्क- पूर्वराष्ट्रपतिलाई चुनावबाट होइन, सर्वसम्मत अध्यक्ष बनाउनुपर्छ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संगठन विभाग सचिव माधव

अमेरिकाको वेल्स फार्गो बैङ्कका कर्मचारीलाई ‘आपराधिक अभियोगमा’ चीन छोड्न प्रतिबन्ध

बेइजिङ- साङ्घाईमा जन्मिएका अमेरिकी बैङ्क वेल्स फार्गोका प्रबन्ध निर्देशक चेन्यु

१२ लाख बढी चोरी गरेको आरोपमा एक जना पक्राउ

कास्की– १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न रहेको आरोपमा