खेलाडी र खेल पत्रकार पुरस्कृत | Khabarhub Khabarhub

खेलाडी र खेल पत्रकार पुरस्कृत


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवम् खेल पत्रकारिता पुरस्कार वितरण गरेको छ । 

सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले ६ जना खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गरे ।

पुरस्कृत हुने खेलाडीमा भरत सिंह महता(पारा तेक्वान्दो), प्रेम बहादुर लिम्वु( तेक्वान्दों), विर बहादुर महरा (तेक्वान्दो), अनुजा कुलुकङ राई(कवड्डी), मानमती विष्ट(कवड्डी) र दिपा शाही (फुटबल) रहेका छन् । 

पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ । त्यस्तै मन्त्री चौधरीले प्रतीक्षक तर्फ कविराज नेगी लामा(तेक्वान्दो), निर्णायकतर्फ धन कुमार मैनाली(बक्सिङ) र चिकित्सकतर्फ राजु डंगोललाई पुरस्कृत गरे । पुरस्कार प्रदान गर्दै मन्त्री चौधरीले निष्पक्ष रूपमा छनौट गरी राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार प्रदान गरिएको बताए ।  

त्यस्तै, मन्त्रालयले खेलकुद पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने पत्रकार श्रीलोचन राजोपाध्याय लाई ५० हजार रुपैयाँ राशिसहितको खेलकुद पत्रकारिता सम्मान प्रदान गरेको छ भने अन्य ९ जना पत्रकारहरूलाई २५ हजार रुपैयाँ राशीसहितको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : १८ बजे

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय