नेपाली फिल्म इतिहासकै सफल सिरिज : कबड्डी र छक्का पञ्जा « Khabarhub

नेपाली फिल्म इतिहासकै सफल सिरिज : कबड्डी र छक्का पञ्जा


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिज नेपाली फिल्म इतिहासकै व्यवसायिक रूपमा सफल बनेका छन् ।

चलचित्रका विकास बोर्डले सोमबार सार्वजनिक गरेको सबैभन्दा बढी व्यापार गर्ने फिल्महरूको सूचीमा यी दुई सिरिजको सबै शृङ्खला समावेश छन् ।

‘कबड्डी’ चार र ‘छक्का पञ्जा’का पाँच शृङ्खला नै यो सूचीमा अटाएका छन् ।

कबड्डी ४ नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी व्यापार गर्ने दोस्रो फिल्म बनेको छ । यसको ग्रस कलेक्सन २१ करोड ४० लाख छ ।

त्यस्तै ‘छक्का पञ्जा ४’ इतिहासकै सबैभन्दा बढी व्यापार गर्ने चौथो फिल्म बनेको छ । यसले १७ करोड ५३ लाख ग्रस कलेक्सन गरेको छ ।

कबड्डी सिरिजको ग्रस कलेक्सन

कबड्डी ४ – २१ करोड ४० लाख
कबड्डी ३ – १० करोड २५ लाख
कबड्डी २ – ७ करोड ५९ लाख
कबड्डी १ – ७ करोड ३४ लाख

छक्का पञ्जा सिरिजको ग्रस कलेक्सन

छक्का पञ्जा ४ – १७ करोड ५३ लाख
छक्का पञ्जा – १६ करोड १० लाख
छक्का पञ्जा ५ – १५ करोड २० लाख
छक्का पञ्जा २ – १४ करोड ५१ लाख
छक्का पञ्जा ३ – ७ करोड ८३ लाख

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : ०९ बजे

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले अधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका